हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

त्रिशुली जलविद्युतको आइपिओ मागे जति सबैले पाउने,अधिकतम ३० कित्ता

काठमाडौं। जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको पहिलो जलविद्युत आयोजना त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा आवेदन दिने जति सबैले पाउने भएका छन्।

कम्पनीले प्रतिकित्ता १० रुपैयाँको दरमा निष्काशन गरेकोले माग गरे जति सबैले पाउने भएका हुन्।कम्पनीले गत ७ गतेदेखि ११ गतेसम्म निष्काशन गरेको प्राथमिक शेयरमा एक लाख ५६ हजार ७ सय ११ जनाले ६ करोड ६९ लाख कित्ताको लागि आवदेन दिएका छन्। धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आवेदन भेरिफाइ हुँदा उक्त तथ्याङ्कमा केहि तलमाथि पर्न सक्छ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको शेयर बाँडफाँड निर्देशिका अनुसार सुरुमा सबैलाई १० कित्ता त्यसपछि २० कित्ता हुँदै दामासाही हिसावले बाँडफाँड गर्नुपर्छ। यो नियम अनुसार सबैले न्यूनतम २० कित्ता शेयर पाउने देखिएको छ भने अधिकतम ३० कित्ता पाउनेले लक्की ड्र मार्फत पाउनेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकतम १० हजार कित्ताको लागि आवेदन दिएपनि उनले कम्तीमा पनि २० कित्ता र अधिकतम लक्की ड्रमार्फत थप १० कित्ता सहित ३० कित्तासम्म पाउन सक्ने छन्। कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गरेको पहिलो दिनमा नै मागे भन्दा बढी आवेदन परेको थियो। क्यापिटलले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार ६६ करोड ९० लाख रुपैयाँको आवेदन परेको छ। उक्त आवेदन माग गरिए भन्दा १८ गुणा बढी आवदेन परेको हो।

कम्पनीले जम्मा ३७ लाख ५ हजार कित्ता शेयर निष्काशन गरेकोमा तीन प्रतिशत अर्थात एक लाख ११ हजार १५० कित्ता कर्मचारीहरुका लागि छुट्टाएको छ भने बाँकी ३५ लाख ९३ हजार ८५० कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो। जनताको जलविद्युत कार्यक्रम अन्तर्गतका आयोजनाले अग्रिम रुपमा १० प्रतिशत शेयर निष्काशन गर्न पाउने व्यवस्था गरिएको थियो। यसरी अग्रिम रुपमा शेयर खरिद गर्ने लगानीकर्ताले दोस्रो चरणको शेयर निष्काशन नगरुन्जेलसम्मको अवधिको लागि ८ प्रतिशत व्याज पनि पाउन सक्ने प्रावधान छ। लगानीकर्ताले उक्त ८ प्रतिशत व्याज रकम दोस्रो पटक शेयर निष्काशन हुँदा कट्टा गरेर भूक्तानी गर्न पाउने छन्।

कम्पनीले नुवाकोट र रसुवाको सीमानामा ३७ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। आयोजनाको जम्मा लागत ८ अर्ब २२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजना निर्माणको लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत शेयर पूँजीबाट जुटाउने यस कार्यक्रमको योजना रहेको छ। आयोजनाको पे व्याक पिरियड झण्डै ८ वर्ष लाग्नेछ। लगभग २९ प्रतिशत काम सकेको यो आयोजनाले २०७८ फागुनमा विद्युत बाल्ने लक्ष्य लिएको छ।बिजमान्दुबाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution