हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

खादालाई अपमान गरेको भन्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं : खादाको प्रयोगमा प्रतिबन्ध लगाउन नहुने भन्दै नेपाल आदिवासी जनजाती महासंघ, नेपाल बौद्ध संघलगायतका २१ वटा संघ सस्थाले विरोध जनाएका छन् |

बौद्धधर्मालम्बीले प्रयोग गर्ने खादा स्थानीय तहहरूले प्रतिबन्द लगाउने, राजनीतिक दलका नेताहरूले खादाविरुद्ध अभिव्यक्ति दिने गरेको भन्दै आदिवासी जनजाति महासंघलगायत संघसंस्थाले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। जनजाति महासंघ, नेपाल तामाङ घेदुङ, शेर्पासंघलगायत संस्थाको अगुवाइमा माइतीघर मण्डलामा बिहान ११ बजेदेखि विरोध प्रदर्शन गरेका हुन्।

बौद्धमार्गीले शुभकार्यमा प्रयोग गर्ने खादा प्रतिबन्ध तथा विरोधमा बोल्नु धार्मिक रूपमा अशहिष्णु भएको उनीहरूको भनाइ छ। वातावरणमैत्री नभएको, खादामा लेखिएको अक्षर नबुझिने लगायतका तर्क गर्दै स्थानीय तहका केही वडाले खादा प्रतिबन्ध लगाएका थिए। यस्तै पछिल्लो पटक पूर्वमन्त्री समेत रहेका खगराज अधिकारीले खादा प्रयोग सम्बन्धमा दिएको अभिव्यक्तिले बौद्ध समुदायको धार्मिक आस्थामा ठेस लागेकोले आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन्।

आइतबार  माइतीघरमा जम्मा भएर बौद्ध धर्मको संस्कार संग जोडिएको खादालाई प्रतिबन्ध लगाउनु र खादाको विषयमा बेलाबेलामा दिइने अभिव्यक्तिले आफूहरूको धार्मिक आस्थामा ठोस् पुगेको भन्दै आफूहरूले विरोध गरेको खादा प्रयोगलाई प्रतिबन्ध लगाउने सुनियोजित षड्यन्त्र विरुद्धको विरोध अभियानका संयोजक कमल भट्टाराईले बताए। उनले भने ‘ बौद्ध धर्मो आस्थासँग जोडिएको पवित्र खादालाई बेलाबखत प्रतिबन्ध गर्नुपर्ने जस्ता अभिव्यक्ति सरकारका उच्च तहमा रहेका व्यक्तिहरूबाटै आउनु भनेको बौद्ध धर्मको आस्थामा ठोस् पुग्नु हो। यसैले हामीले खादाको विषयमा दिइएको अभिव्यक्तिको विरोधमा र्‍याली लिकालेका हौँ।’

यस्तै, आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पाले बौद्ध धर्मको धार्मिक आस्थासँग जोडिएको खादालाई बेलाबेलामा दिइने अभिव्यक्तिले बौद्ध धर्मावलम्बीको आस्थामा गम्भीर चोट पुगेको भन्दै विरोध र्‍याली लिकालेको बताए। उनले भने ‘हामीले सबै धर्मको आस्थालाई सम्मान गर्नुपर्छ, जसरी बेलाबेलामा खादाले वातावरण प्रदूषित गर्‍यो प्रतिबन्ध लगाउनु पर्छ भन्ने जस्ता अभिव्यक्ति आउँछ त्यसले हामी बौद्ध धर्मावलम्बीलाई असर गर्छ।’

बौद्ध धर्ममा विभिन्न शुभ कार्य तथा मृत्यु कार्यमा अनिवार्य माननिएको खादालाई पछिल्लो समय विभिन्न सभा समारोमा अथिततिहरूलाई सम्मानको साथ प्रयोग गरिन्छ |

थाह खबर बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution