तामाङ समाज कतारको आठौं अधिबेशन अप्रिल महिनामा हुदै

दोह – तामाङ जातिको भेषभुषा,लिपी,धर्म र संस्कार संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ सन् २००५ मा स्थापना गरी सन् २००६ मा स्थापना गरिएको आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको संस्थापक सदस्य नेपाल प्रवासी तामाङ समाज कतारको यहीँ आउँदो २६ अप्रिल २०१९ शुक्रबारको दिन ऐतिहासिक आठौं अधिबेशन हुने भएको छ |
रोजगारीको सिलसिलामा दोहा कतारमा रहनु भएका सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई पुरानो सदस्य नवीकरण गर्न र नयाँ सदस्य लिनको लागि नेपाल प्रवासी तामाङ समाज कतार,म्हेन्दोमाया समाज कतार र नेपाल तामाङ कलाकारसंघ दोहा कतारको सम्बन्धित ब्यक्तिहरुसँग सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गरेको छ |
सम्पर्क
१.शंखलाल तामाङ – ५५३५३८८१(संयोजक-आठौं अधिबेशन)
२.तिर्थ थिङ तामाङ – ७०३१७७३(अध्यक्ष-नेपाल प्रवासी तामाङ समाज कतार)
३.प्रकाश मम्ब तामाङ – 33613950(अध्यक्ष-म्हेन्दोमाया समाज दोहा कतार)
४.सबिना लोप्चन – ७००९२१२६(अध्यक्ष-नेपाल तामाङ कलाकारसंघ दोहा कतार)