हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

त्रिशुली जलविद्युतको आइपीओमा अहिले १० रुपैयाँमा आवेदन दिएर पछि ९० रुपैयाँ नतिरे के होला ?

काठमाडौं : सरकारले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत जारी गरेको त्रिशुली जलविद्युत कम्पनीको आइपीओले लगानीकर्तालाई अलमलमा पारेको छ । यस कार्यक्रम अनुसार पहिलो किस्ता अन्तर्गत लगानीकर्ताले आवेदनका साथ खरिद गर्न प्रतिवद्धता गरेको रकमको १०% बुझाउनुपर्छ । बाँकी ९०% रकम आयोजना निर्माणको न्यूनतम ७५% भौतिक प्रगति हासिल भएपछि दोस्रो किस्ताका रुपमा बुझाउनुपर्ने व्यवस्था छ ।

यसरी किस्ताबन्दीमा आइपीओ भर्ने व्यवस्था नै नेपाली लगानीकर्ताका लागि नौलो हो । यससँगै, आम लगानीकर्तामा दोस्रो चरणको ९०% रकम आवेदन माग गर्दा नबुझाए के हुन्छ ? आयोजना समयमै सम्पन्न नभए वा बन्न नपाए अहिले जम्मा गरेको रकम के हुने ? भन्ने कौतुहलता र अन्योल समेत उत्पन्न भएको देखिन्छ ।

आयोजना निर्माण सुरु नहुँदै सर्वसाधारणले लगानी गर्नुपर्ने भएपछि जोखिम पनि स्वतः बढ्छ । यसले अहिले लगानी गरेको रकममा के प्रतिफल पाउने भन्ने प्रश्न पनि खडा गरिरहेको छ । तर यी यावत् विषय कसरी टुंगो लगाउने भनेर आधिकारिक नियम बनिनसकेको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएका छन् ।

आधिकारिक नियम नबनेपनि लगानीको रकममा ब्याज दिने लगायत विषयहरु भने समेटिएका छन् । बाँकी रकम चुक्ता नगरे के हुने भन्ने यकिन निर्णय भएको देखिंदैन । न्यूनतम १०० कित्ता भर्नुपर्ने व्यवस्था गरिएकाले बाँकी रकम चुक्ता नगर्नेलाई आवेदन दिएको रकम बराबरको मात्रै सेयर दिन सक्ने सम्भावना पनि छ । तर यसबारेमा सरकारले ठोस निर्णय बाहिर ल्याउन नसक्दा आम लगानीकर्ता भने अन्योलमै परेको देखिन्छ ।

पहिलो चरणको १०% रकममा लगानीकर्ताले ८% ब्याज पाउने

त्रिशुली जलविद्युत् कम्पनीको आइपीओमा लगानीकर्ताले पहिलो चरणको लागि आवेदन माग गर्दा बुझाएको १०% रकमको ब्याज पाउने छन् । यसरी नै खुल्ने अन्य कम्पनीको आइपीओमा पनि यस्तै नियम राखिने जानकारी दिइएको छ । बिक्री प्रबन्धकमार्फत लगानीकर्ताले अहिले लगानी गरेको रकममा वार्षिक ८% ब्याज पाउनेछन् ।

उक्त ब्याज लगानीकर्ताले दोस्रो बजारमा सेयर कारोबार खुला नहुँदासम्म पाइरहने ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ । त्रिशुलीको यो आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटले गरेको हो । यद्यपि, ब्याजदर वार्षिक रुपमा लगानीकर्ताको खातामा पठाउने कि अन्तिममा एकैपटक दिने भन्ने निर्णय भने भइनसकेको ग्लोबल आइएमई क्यापिटलका ती अधिकारीले जनाकारी दिए ।

लगानीकर्ताले कुल ३७ लाख ५ हजार कित्ता सेयर बराबरको अग्रीम १०% का दरले संकलन गरिने ३ करोड ७० लाख ५० हजार रुपैयाँको ब्याज पाउनेछन् । यो व्यवस्था जनताको जलविद्युत् कार्याक्रम (सञ्चालक तथा व्यवस्थापन) कार्यविधि, २०७५ को बुँदा नं. ११ मा पनि उल्लेख छ ।

उक्त कार्यविधिमा भनिएको छ, ‘लगानीकर्ताले प्रचलित धितोपत्र सम्वन्धी कानुन बमोजिम कारोबार योग्य नभएसम्मको अवधिका लागि वार्षिक ८% ब्याज निष्कासनकर्ता कम्पनीले प्रदान गर्नेछ ।’

सेयर बाँडफाँट कसरी हुन्छ ?

निष्कासन कम्पनी र आयोजनाले सेयरमा माग भन्दा बढी आवेदन पर्ने अनुमानका भरमा त्रिशुलीको आइपीओ निष्कासन गरेको देखिएको छ । यो आइपीओमा अहिले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । यसमा प्रतिकित्ता १० रुपैयाँले आवेदन दिँदा ओभर सब्सक्राइब भए पनि न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँटका लागि आवश्यक पर्ने रकम मात्र प्राप्त हुन्छ ।

ग्लोबल आइएमई क्यापिटलका एक अधिकारीले  भने, ‘अहिले लगानीकर्ताले न्यूनतम १०० कित्ता आवेदन दिनुपर्छ । धेरै आवेदन परेर १० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने भएमा न्यूनतम १० कित्ताका आवेदन दिएको १ हजार रुपैयाँले नै पुग्नेछ । उक्त रकमको ब्याज पनि आउने छ ।’ यद्यपि, यस सम्बन्धी आधिकारिक नियम भने अहिलेसम्म नबनेको उनले बताए ।

क्रेटिड रेटिङ नहुँदा लगानीकर्ता अन्योलमा

त्रिशुली जलविद्युत कम्पनीको आइपीओको क्रेडिट रेटिङ नहुँदा कम्पनीको वास्तविक अवस्था बुझ्न पाउने अधिकारबाट लगानीकर्ता बन्चित भएका छन् । लगानीकर्ताले क्रेडिट रेटिङको अंकलाई हेरेर लगानी गर्ने अवसर नपाउँदा अन्योलमा परेका हुन् । नेपाल धितोपत्र बोर्डले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत जारी हुने आइपीओमा क्रेटिड रेटिङ गर्नु नपर्ने व्यवस्था गरेको छ ।

जलविद्युतका ठूला परियोजनामा जनताको लगानी बढाउन सरकारले परियोजना बन्नुअघि नै त्यस्ता कम्पनीहरुले आइपीओ जारी गर्न सक्ने व्यवस्था गरेको हो । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले ‘जनताको जलविद्युत कार्यक्रम’ लाई क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३ को उपनियम (७) बमोजिम रेटिङ गर्न नपर्ने गरी छुट दिएको बताए । नेपाली पैसा






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution