दुबै मिर्गौला पीडित आशोक लामा तामाङको लागि सहयोग अभियान सञ्चालन

काठमाडौँ – दुबै मृगौलाले काम गर्न छाडेपछि जीवन र मरणको दोसाँधमा भौतारि रहेका ह्याङ्ला दोलखा काठमाडौ तामाङ समाजको साधारण सदस्य समेत रहेको अशोक लामा तामाङ को उपचारका लागि आर्थिक सहयोग जुटाउन “तराना कला केन्द्र” र “ह्याङला दोलखा काठमाडौँ तामाङ समाज”ले संयुक्त रूपमा अभियान सञ्चालन गर्ने भएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा न. ४ निवासी ३६ वर्षिय अशोकको उपचार तथा सहयोगार्थ चैत ३० गते शनिवार काठमाडौंको जोरपाटीमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना समेत गर्ने भएको छ ।
बैदेशिक रोजगारको शिलशिलामा दुबईमा रहेकै समयमा दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनि स्वादेश फर्किएका थिए। लामाको अहिले काठमाडौँ स्थित राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थलीमा हप्ताको २ पटक डायलाइसिस गराईरहेका छन् । विदेशबाट कमाएर ल्याएको पैसा र पुर्ख्यौली सम्पत्ति समेत उपचारको क्रममा सकिसकेको कारण हाल प्रत्यरोपणमा समस्या आएपछि “तराना कला केन्द्र” र “ह्याङला दोलखा काठमाडौँ तामाङ समाज” को सहकार्यमा सहयोग अभियान सञ्चालन गर्न लागेको हो ।
केन्द्रका सञ्चालिका तथा गायिका बसन्ती लामा र समाजको अध्यक्ष सरोज मोहन लामाले देश तथा विदेशमा रहेका नेपालीहरुलाई पनि यो अभियानमा हातेमालो गरिदिनुहुन आग्रह गरेका छन् । मिर्गौला पीडित अशोक लामालाई सहयोग गर्न चाहनुहुने महानुभावहरुको लागि विरामी कै नाममा सेन्चुरी बैंकमा रहेको खाता नं. ०१८०००६८५५R मा सहयोग वा मोबाईल नं. ९८६०५८९४११÷ ९८०३८९१८१९ सम्पर्क गर्न सक्नुहुनेछ ।