प्रवासी सृजनशील महिला समुह (दमक) इजरायलको तेश्रो वार्षिकोत्सव सम्पन्न

तेलअविव – प्रवासी सृजनशील महिला समुह (दमक) इजरायलको तेश्रो वार्षिकोत्सव तेलअविव इजरायलमा गत १६ मार्च २०१९ (शनिबार) सम्पन्न भएको छ |
समूहकी अध्यक्ष माला योञ्जन तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एनआरएनए इजरायलका महासचिब तेन्जिङ शेर्पा ,बिशेष अतिथि अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष दिपक प्रसाद ओली , झापाली समाज इजरायलका अध्यक्ष सन्दिप सन्दिप भन्डारी लगायत इजरायलमा स्थापना भएका संघ सस्थाका प्रतिनिधि, मिडियाकर्मी हरु अतिथि रहेका थिए |
गोमा गौतम घिमिरेको संयोजकत्वमा आयोजना भएको कार्यक्रममा समूहले गरेको हाल सम्मको आर्थिक गतिविधि कोषाध्यक्ष पवित्रा चापागाई र प्रवक्ता मुना अधिकारीले प्रस्तुत गरेका थिए भने कार्यक्रम संचालन साबू भट्टराईले गरेकी थिईन ।
कार्यक्रममा तेश्रो वार्षिकोत्सवको खुशियालीमा केक काटेर, विभिन्न मनोरन्जनात्मक नित्य, गीत प्रस्तुत गरेर हसोंउल्लासका साथ एक अर्कामा शुभकामना आदान प्रदान गर्दै मनाइएको थियो ।
“महिला स्वालम्बन साथै समाज सेवाको मूल उदेश्यका लागी” भन्ने मूल नारा लिएर स्थापना गरिएको समूहमा हाल २६ जना सेयरधनि सदस्यहरु रहेको र हालसालै झापाको दमकमा व्यवसायिक प्रयोजनका लागी झन्डै ९७ लाख नेपाली रुपैयामा करिब ९ कट्ठा जग्गा खरिद गरिएको जानकारी कार्यक्रममा दिएको थियो |
समूहकी अध्यक्ष एवं सभापतित्व माला योञ्जन तामाङले उपस्थित सम्पूर्ण महानुभावहरु धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए |