इजरायलमा २१४६ औं ग्याल्पो लोसार भव्यताको साथ सम्पन्न (फोटो फिचर)

तेलअविव – शेर्पा संघ इजरायल द्वारा “बिश्वको सम्पुर्ण शेर्पाहरु एक हौं, कला, भाषा र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं” भन्ने मुल नाराका साथ बौद्ध धर्मावलम्वीहरुको महान राष्ट्रिय चाड २१४६ औं सा मो फाग-ल्हो ( सुंगुर बर्ग ) ग्याल्पो लोसार साँझ २०७५ गत शुक्रबार तेल अविव इजरायलमा भव्यताको साथ सम्पन्न गरेको छ |
संस्थाको अध्यक्ष लाक्पा शेर्पाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ,बिशेष अतिथिहरुमा एनआरएनए इजरायलका अध्यक्ष शान्ता अधिकारी ज्ञवाली,धर्मगुरु लामा थुप्तेन योन्जन तामाङ,संस्थापक तथा एनआरएनए इजरायलका महासचिव तेन्जिन शेर्पा,अतिथिहरुमाविभिन्न जातीय तथा सामाजिक संघसंस्थाका अध्यक्षहरु , मिडियाकर्मीहरु र शेर्पा तथा गैरशेर्पा नेपालीहरुको बाक्लो उपस्थित रहेको थियो |
धर्मगुरु लामा थुप्तेन योन्जन तामाङले बौद्धधर्मअनुसार पाठपुजा गरि सुरु गरिएको कार्यक्रम सभापति लाक्पा शेर्पा, प्रमुख अतिथि नरेश कुमार शेर्पा , बिशेष अतिथि तेन्जिन शेर्पाले दिप प्रज्ज्वल गरी उत्घाटन गरेका थिए |
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रम संयोजक फुर्पा शेर्पाले स्वागत मन्तव्य राखेका थिए | साथै शेर्पा भाषामा स्वागत निर्त्य प्रस्तुत गरेका थिए |
लोसार कार्यक्रममा प्रमुख अतिथि नरेश कुमार श्रेष्ठ, बिशेष अतिथि शान्ता अधिकारी ज्ञवाली, तेन्जिन शेर्पा लगायतले ग्याल्बो लोसार अवसरमा सुख ,शान्ति र सम्वृद्धिको कामना गर्दै शुभकामना मन्तव्य राखेको थिए |
संस्थाका भूपू अध्यक्षहरुलाई प्रवास भूमिमा इजरायलबाट शेर्पा समुदायको भाषा धर्म भेषभुषा र संस्कृतिलाई सम्बर्धन गर्न पुर्याउनु भएको योगदानलाई कदर गर्दै सम्मान पत्र द्वारा संम्मान गरेका थिए | साथै निवर्तामन कार्यसमितिका पदाधिकारी तथा कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गरेका थिए |
इजरायलवासी कलाकारहरुले गीत र निर्त्यहरु प्रस्तुत गर्दै मनोरंजन प्रदान गरेका थिए |
कार्यक्रमका सभापति लाक्पा शेर्पाले कार्यक्रममा सफल पार्न उपस्थित सम्पूर्ण महानुभावहरु र सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए |
कार्यक्रम संस्थाका सचिव निमा शेर्पा र डोमा शेर्पाले संचालन गरेका थिए |