किरात याक्थुङ चुम्लुङ इजरायलको छैटौँ वार्षिकोत्सव तथा अधिवेशन हुदै

तेलअविव – किरात याक्थुङ चुम्लुङ इजरायलको छैटौँ वार्षिकोत्सव तथा अधिवेशन आउँदो १३ अप्रिल २०१९ (शनिबार) सेन्ट्रल बसपार्क स्थित एभरेष्ट डिस्को हल, तेल अविवमा बिहान ९ बजे देखि हुने भएको छ |
आफ्नो मौलिक,भाषा, धर्म, संस्कृति र भेषभुषा संरक्षण र संम्बर्द्वन गर्ने उदेश्यले इजरायलमा रहेका सम्पुर्ण याक्थुङहरुको उपस्थितिमा २०१३ अप्रिल १३ तारिख किरात याक्थुङ चुम्लुङ इजरायल स्थापना भएको हो |
कार्यक्रमलाई सफल र मनोरञ्जनात्मक बनाउनको निमित्त नेपालबाट आमन्त्रित गायक कुशल थलङ लिम्बुको साथमा स्थानिय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुति रहने संस्थाले बताएको छ |
उक्त कार्यक्रममा इजरायलबासी सम्पुर्ण नेपाली तथा नेपाली भाषी दाजुभाई, दिदिबहिनी, वुद्विजिवि, मिडियाकर्मी साथै चुम्लुङ शुभचिन्तक सम्पुर्ण महानुभावहरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ |