इजरायलमा नवनियुक्त नेपाली राजदुत शाक्यलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न(भिडियो)

तेलअविव – इजरायलको लागि नेपाली राजदुत डा.अन्जान शाक्यलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम गत शुक्रबार १५ तारिख तेल अविवमा सम्पन्न गरेको छ |
प्रवासी नेपाली एकता मंच इजरायलका संयोजक तिर्थ गौतमको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै नेपाल तामाङ घेदुङ इजरायलका अध्यक्ष अनिता तामाङले स्वागत मन्तव्य राखेकी थिईन |
कार्यक्रम राजनीतिक, सामाजिक,आदिवासी जनजातिका संस्था , साहित्यिक , धार्मिक संघ सस्थाहरुले नवनियुक्त नेपाली राजदुत डा.अन्जान शाक्यलाई सामुहिक रुपमा स्वागत गर्दै कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गरेका थिए |
स्वागत कार्यक्रममा इजरायलमा रहेका नेपालीहरुले भोग्नु परेको समस्या राख्नु भएको थियो साथै आयोजकको तर्फबाट सयुक्य रुपमा १८ बुंदे ध्यानकर्षण पत्र बुझेका थिए |
पूर्ण पाढ़को लागि क्लिक गरी ज्ञापनपत्र पढ्नुहोस्
कार्यक्रम प्रवासी नेपाली एकता मंच इजरायल,नेपाली संङघीय समाज इजरायल , नेपाल तामाङ घेदुङ इजरायल, नमस्ते नेपाल हातेमाले सामाजिक संस्था इजरायल ,सत्य साई सेन्टर इजरायल , नेवा ख:ल,इजरायल , किरात राई यायोख्या नेपाल इजरायल , नेपाली नारी आबाज इजरायल, बिश्व नेपालि साहित्य महासंघ इजरायल शाखा, मातृभूमिका लागि पर्बत सेवा समाज इजरायल,लुम्बिनी कपिलबस्तु अभियान इजरायल , हेल्पिंग हेन्ड्स सोसाइटी इजरायल , हिन्दु जागरण इजरायल र किरात याक्थुङ चुम्लुङ इजरायल गरी १४ वटा संस्था मिलेर आयोजन गरेको थिए |
कार्यक्रम नेपाली संघीय समाज इजरायलका पुर्व अध्यक्ष सुन्दर सिंह लामा तामाङले संचालन गरेका थिए
स्वागत तथा अन्तरक्रिया कार्यक्रम महामहिम राजदुत डा.अन्जान शाक्य भएको मन्तव्यको पूर्ण भिडीयो हेर्नु र सुन्नुहोस्