जनसम्पर्क समिति इजरायलको परिचायात्मक तथा वनभोज कार्यक्रम सम्पन्न

तेलअविव – नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति इजरायलले नेपाली काङ्ग्रेसको राजनीति दर्शनलाई आत्मा साथ गर्दै आएका इजरायलबासी नेपालीहरु बीच एक आपसमा भाइचाराको सम्बन्ध कायम रहोस भन्ने हेतुले आयोजना गरेको परिचायात्मक , भेटघाट तथा रात्री भोज कार्यक्रम सम्पन्न गरेको छ।
जनसम्पर्क समिती इजरायलले हिजोमार्च १५ शुक्रबार तेलअभिब स्थित पार्क यारकोनमा परिचायात्मक , भेटघाट तथा रात्रीभोज कार्यक्रम सम्पन्न गरेको हो ।
गत जनवरी महिनामा नेपाली जनसम्पर्क समिती इजरायलले दोश्रो अधिबेशन सम्पन्न गरिसके पछि इजरायलमा रहेको विभिन्न पेशामा आवद्ध राष्ट्रियता , समाजबाद र लोकतन्त्र प्रती आस्थावानहरुलाई समेट्दै लानेक्रममा उक्त भेटघाट आयोजना गरिएको महामन्त्री शुभराज छत्कुलीले बताएका छन् ।
जनसम्पर्क समिती इजरायलकि प्रथम उपसभापति दिपिका भुषालको संयोजकत्वमा उक्त भेलाको सभापतित्व समितिका अध्यक्ष खगेस्वर अधिकारीले गरेका थिए । प्रमुख अतिथिको रुपमा प्रमुख सल्लाहकार डम्बर बहादुर गुरुङ र अथितीमा सल्लाहकारद्वय सुरेन्द्रप्रसाइ भोजराज क्षेत्रीले आआफ्नो बिचार राखेका थिए।
दृत्तिय उपसभापति गौरी माया सुबेदीले स्वागत मन्तब्य राखेकी थिइनँ भन्ने उक्त कार्यक्रम सहमहामन्त्री माया खनालले संचालन गरेकी थिइन् । यस्तै महामन्त्रीद्वय शुभराज छत्कुली र सुर्यबहादुर राना एवम् प्रबक्ता रुकमाया खनालले आआफ्नो बिचार राख्दै समितिका गतिविधिबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा उपस्थित सबैले आ-आफ्नो परिचय दिदै खाना तथा गित संगीतमा मनोरञ्जन लिएका थिए ।
प्रबासी भुमिमा रहेर नेपाली काङ्ग्रेसप्रति आफ्नो आस्था र बिचार जगाउन नेपाली जनसम्पर्क समिति इजरायलले खेलेको उल्लेखनीय भुमिकाको कदर गर्दै उपस्थित धेरै साथीहरुले यो भन्दा पहिला खुलेर काङ्ग्रेस भन्दै बाहिर निस्किन नचाहेको तर अहिले जनसम्पर्क समितिले मध्यस्थता कर्ताको भुमिका निर्बाह गरिदिएकोमा नेपाली जनसम्पर्क समिती इजरायललाई यस्तै खालको कार्यक्रम आयोजना गरि काङ्ग्रेस जोड्दै भाइचाराको सम्बन्ध कायम राख्न पनि सल्लाह दिएका थिए ।
स्वागत गितले उपस्थित सम्पुर्णलाई स्वागत गरिएको कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको समितिले जनाएको छ ।स्वदेशनेपाल