हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

त्रिशुली हाइड्रोले चैत्र ७ देखि आईपिओ निष्काशन गर्ने, हजार रुपियाँ मै १०० कित्ता शेयर !

‘जनताको जलविद्युत आयोजना’ अन्तर्गतको पहिलो आईपिओ त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गर्ने भएको छ । कम्पनीले चैत्र ७ गतेदेखि शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले हाल जारि पुंजीको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख बराबरको ३७ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ३ प्रतिशत कर्मचारीको लागि छुट्याइएको छ। बाँकि रहेको ३५ लाख ९३ हजार ८ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन। लगानीकर्ताले आवेदन दिंदा न्युनतम एक सय कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । तर हाललाई कम्पनीले प्रति शेयर १० रुपियाँको दरले अग्रिम रकम मात्र माग गरेको हो । यस हिसाबमा हालको लागि लगानीकर्ताले एक हजार मै सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । बाँकि ९० रुपियाँ रकम कम्पनीले पछि माग गर्ने छ । अर्थात आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत बनेपछि बाँकि ९० प्रतिशत रकम दिनु पर्ने छ । यस आईपिओमा पहिलो शेयर आफुले हाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरि सकेका छन् ।

कम्पनीले फागुन २७ गते बुधबार मात्र नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमति माग गरेको थियो । यो समाचार तयार पार्दा (फागुन ३० गते बेलुका ११ बजे) सम्म बोर्डले कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको जानकरी वेबसाइटमा राखेको छैन । यद्यपि बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आह्वानपत्र सार्बजनिक गरेर चैत्र चैत्र ७ गतेदेखि छिटोमा चैत्र ११ र ढिलोमा बैशाख ६ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल बिद्युत प्राधिकरण र नेपाल टेलिकमको समान ३० -३० प्रतिशत लगानी रहेको छ । बाँकि ४० प्रतिशत सर्वसाधारणले लगानी गर्ने भएका हुन् ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तयार पारेको ‘जनताको जलविद्युत आयोजना’ अन्तर्गत कम्पनीले शेयर निष्काशन गर्न लागेको हो । ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नारा सहित सरकारले यो कार्यक्रम सुरु गरेको हो। यसको लागि धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा आवश्यक संशोधन पनि गरिसकेको समाचार बिजपाटीमा छ ।

बोर्डले यस योजना अन्तर्गत निष्काशन हुने आईपिओको क्रेडिट रेटिंग गर्नु नपर्ने छुट समेत दिएको छ ।

जनतालाई १ खर्बको आइपीओ, कुन–कुनको कति आउँदैछ ? (तथ्यांक हेर्नुहोस्)

३० फागुन २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution