सिंगापुरे लाहुरे तेम्बा शेर्पाको ‘च्याङबा तलाई मेरो माया’ सार्वजनिक (भिडियो)

सिंगापुर पुलिसमा कार्यरत समाजसेवी तथा सिंगापुर लाहुरे गायक तेम्बा शेर्पा तथा चर्चित गायिका दिपा लामा तामाङको ‘च्याङबा तलाई मेरो माया’ सार्वजनिक भएको छ।
लामो समयदेखि सिंगापुर बस्दै आएका तथा समाजसेवामा छुट्टै परिचय बनाउन सफल तेम्बा शेर्पाले लाहुरेहरु छुट्टीमा आएर आफ्नो प्रेमिकालाइ भेट्न नपाउँदाको पिडा पोख्दै ‘च्याङबा तलाई मेरो माया’ मार्फत लाहुरे तथा परदेशीको पिडा अभिव्यक्त गरेका छन।
चर्चित संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गितमा तेम्बा शेर्पा र दिपा लामाको आवाज रहेको छ।
छायाँकार उत्सब दाहालले छायांकन गरेको यस म्युजिक भिडियोलाइ युबराज वाइबा तामाङले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा मोडल निराजन प्रधान तथा निरन्जली लामा तामाङको अभिनय रहेको छ |