महिला साफ : नेपाललाई ३–० को अग्रता,मञ्जलीकुमारी योञ्जन तामाङले गरे पहिलो गोल
२८ फागन, विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध ३–० को अग्रता बनाएको छ ।
खेलको १३ औं मिनेटमा मञ्जलीकुमारी योञ्जन तामाङको गोलमा अग्रता लिएको नेपालका लागि १६औं मिनेटमा सावित्रा भण्डारीले गोल थपिन् । यो सँगै सावित्राले २३औं अन्तर्राष्ट्रिय गोल पूरा गरिन् ।
खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै टीमलाई फराकिलो अग्रता दिलाएकी हुन् । उनले सावित्राको हेड बललाई गोलमा परिणत गरेकी हुन् ।
सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा राम्रो अवसर गुमाइन् । उनले वान भर्सेस् वानको अवस्थामा पनि गोल गर्न चुकिन् ।
त्यस्तै, पहिलो हाफको अन्तिम समयमा अनिता बस्नेतले प्रहार गरेको बल भुटानका गोलरक्षकले बचाएकी थिइन् ।