फ्याफुल्ला विकल्प महिला साकोसद्वारा जेष्ठ शेयर सदस्यहरुलाई सम्मान

पोखरा – तामाङ बौद्ध सेवा समिति संगमटोलको सभाहलमा भएको कार्यक्रममा जेष्ठ शेयर सदस्यहरु बुद्धिमाया वाईबा , फुलमाया लोप्चन, सुकमाया स्याङ्बो, ननसुवा स्याङ्बो,देवी स्याङ्बो,पुर्णीमाया बोम्जन, खण्डमो बोम्जन र टुकुमाया लोप्चनलाई कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता जुनाकुमारी गुरुङले ढाका पछ्यौरी ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता जुनाकुमारी गुरुङले छ्योमेमा दिप प्रज्वलन गर्दै अन्तराष्ट्रीय श्रमिक नारी दिवसको ऐतिहासिकता , नेपाली नारीहरुको वर्तमान अवस्था र संशोधित मुलुकी ऐनमा महिला अधिकारबारे प्रशिक्षणात्मक विचार व्यक्त गर्नुभएको थियो ।
अतिथि फोनिजका प्रदेश नं.-४ का इन्चार्ज वरिष्ठ पत्रकार हुम तमुले शुभकामना व्यक्त गर्नुहुँदै सबै संगठित भएर लैंगिक समानताका लागि संघर्ष गर्नुपर्ने बेलामा कतिपय सन्दर्भमा महिला अधिकार निम्ति महिला नै बाधक भएर उभिएको प्रसंग कोट्याउनु भएको थियो । शिक्षा मेहनत र संघर्षबाट नै महिलाहरु अगाडि बढ्न सक्ने औल्याउँदै सिप हासिल गर्ने र आय आर्जनमा पनि महिलालाई जोड्नुपर्ने बताउनु भयो ।
अर्का अतिथि राष्ट्रीय आदिवासी महिला महासंघ कास्कीका सचिव मिनमाया तामाङले हामी महिला आफ्नो स्वास्थ्यप्रति र ज्ञानप्रति सचेत हुँदै परिवार समाज र समुदायप्रति जिम्मेवार बन्नुपर्छ भन्नुभयो । स्वास्थ्य मान्छेबाट नै स्वस्थ विचारको जन्म हुन्छ भन्नुभएको थियो ।
फ्याफुल्ला विकल्प महिला साकोसका अध्यक्ष बिष्णु योन्जन तामाङ अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव पवित्र थोकर तामाङ र उपाध्यक्ष शान्ति लोप्चन तामाङले स्वागत मन्तव्य दिनुभएको थियो