बुद्धका मूर्ति चोरी गर्ने दुई पक्राउ
डोल्पा : वर्षौ पहिला हराएका बुद्धका बहुमूल्य मूर्ति चोरी गर्नेहरूलाई प्रहरीले एकपछि अर्को गर्दै पक्राउ गरिरहेको छ।
पछिल्लोपटक गएको जेठ २७ गते शे फोक्सुण्डो गाँउपालिका ८ रिग्मोको थासुङछोलीङ गुम्बाबाट मुर्ति चोरी गर्ने २ जना पक्राउ परेका छन्।
गुम्बाका मुल पुजारी लटई लामामा दाई साङ्गे लामाको घरमा परापूर्व कालदेखि पूजा हुँदै आएका पूरातात्विक मूर्तिहरू ७ थान चोरी गर्नेलाई पक्राउ गरी प्रहरीले सार्वजानिक गरेको छ।
पक्राउ पर्नेमा शे-फोक्सुण्डो गाउँपालिका ८ रिग्मो गाउँका ४० वर्षिय छुल्डीम नाम्क्याल रोक्का र त्रिपूरासुन्दरी नगरपालिका ७ छल गाउँका वर्ष ४० कै ईन्द्रबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीका अनुसार गुम्बाबाट चोरी हुने डरले वर्षौ पहिला लटईका बाबु युङडुङले यी मूर्ति आफनै घरमा राखेका थिए। वर्षमा एक पटक आफूले पूजा गर्ने गरेको लटई लामाले जानकारी दिएको प्रहरीले बताएको छ। उनीहरूले ८ मध्ये ७ मूर्ति चोरी गरेका थिए।
अन्नपूर्णा बाट