हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

राष्ट्रपति र प्रधानमन्त्रीको ५ पटक विदेश भ्रमण, १० करोड बढी स्वाहा

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीकोकाे विदेश भ्रमणमा राज्यकाे ढुकुटीबाट ठूलाे रकम खर्च भएकाे देखिएकाे छ।राष्ट्रपति र प्रधानमन्त्रीको ५ देशको राजकीय भ्रमण र सम्मेलनमा भाग लिन मात्रै १० महिनाको अवधीमा १० करोड भन्दा बढी रकम स्वाहा भएको छ।

अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको ५ देशको राजकीय भ्रमण र सम्मेलनमा भाग लिन मात्रै १० महिनाको अवधीमा १० करोड भन्दा बढी रकम स्वाहा भएको छ। परराष्ट्र मन्त्रालयको नाममा निकाशा हुँदै आएको सो रकम एउटै भ्रमणमा पनि करोड भन्दा कम खर्च भएको छैन।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली १० महिनामा ५ पटक विदेश भ्रमणमा गए। ३ पटक प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश भ्रमण गरे राष्ट्रपति विद्या भण्डारीले दुई पटक औपचारिक विदेश भ्रमण गरेकी छन्।

प्रधानमन्त्री ओलीको ३ पटकको विदेश भ्रमणमा ६ करोड ९५ लाख ८७ हजार ५ सय ७६ रुपैयाँ खर्च भएको छ भने राष्ट्रपति भण्डारीको २ पटकको भ्रमणमा ३ करोड २१ लाख ६७ हजार ४ सय ४० रुपैयाँ खर्च भएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको ५ पटकको भ्रमणको लागि जम्मा १० करोड १७ लाख ५५ हजार १६ रुपैयाँ निकाशा भएको अर्थमन्त्रालयको तथ्याङ्कले देखाएको छ।
नयाँ वर्ष २०७५ को सुरुमै प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणमा छिमेकी मुलुक भारतमा गए। उनले जम्बो टोली सहित लिएर गए। त्यो बेलामा परराष्ट्र मन्त्रालयको नाममा प्रधानमन्त्रीको भारत भ्रमणका लागि खर्च भनेर १ करोड ६ लाख ९१ हजार १ सय ३९ रुपैयाँ निकाशा गरिएको छ।

हवाइ टिकट, भ्रमण भत्ता, विमा र नेपाली राजदूताबास नयाँ दिल्लीमा भएको खर्र्च भुक्तानी गर्ने, अन्य प्रयोजनका लागि भनेर निकाशा गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ।

त्यस्तै फेरि २०७५ असार ५ देखि १० गतेसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीका साथमा जम्बो टोली चीनको औपचारिक भ्रमणमा गयो। त्यो बेला पनि प्रधानमन्त्रीको टोलीको खर्चका लागि परराष्ट्र मन्त्रालयका नाममा १ करोड ५१ लाख १५ हजार ४५७ रुपैयाँ बिनियोजन गरिएको छ।

गत महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीको युएनको ७३ औं महासभामा भाग लिनका लागि र कोष्टारिकाको औपचारिक भ्रमणमा जाँदा प्रतिनिधि मण्डलको खर्चका लागि भनेर ठूलो रकम निकाशा गरिएको थियो। कोष्टारिकाको भ्रमणमा ४ करोड ३७ लाख ८० हजार ९८० रुपैयाँ विनियोजन भएको तथ्याङ्कले देखाएको छ। यो ३ पटकको भ्रमणमा प्रधानमन्त्रीको भ्रमण मध्येकै महंगो भ्रमण नै यही हो।

राष्ट्रपतिको भ्रमणमा पनि प्रधानमन्त्रीको भ्रमणमा हुने खर्चकै हाराहारीमा हुने गरेको छ। गत कार्तिकमा १२ गतेदेखि–१५ गतेसम्म कतारमा भएको ‘कतारका अमिरको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधि मण्डलको नेतृत्व गरेर गएकी राष्ट्रपति विद्यादेबी भण्डारीकोे भ्रमणका लागि परराष्ट्र मन्त्रालयकै नाममा १ करोड २० लाख २४ हजार ७७५ रुपैयाँ निकाशा गरिएका अर्थमन्त्रालयको तथ्याङ्कमा देखिएको छ।

त्यस्तै दोश्रो पटक पोल्याण्डको औपचारिक भ्रमणमा जाँदा २ करोडबढी रकम खर्चका लागि निकाशा गरिएको थियो। मंसिर १७–१८ गते पोल्याण्डमा प्रतिनिधिमण्डलको भ्रमण खर्चका लागि २ करोड १ लाख ४२ हजार ६६५ रुपैंयाँ निकाशा गरिएको थियो। यसरी भिभिआइपीको सामान्य भ्रमणमा पनि जम्बो टोली लिएर करोडौं रुपैंयाका खर्च गर्दा राज्य चलाउन नै सकस परेको देखिन्छ।डिसीनेपाल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution