राजेन्द्र महत्तोकोआक्रोश – ओली र प्रचण्डलाई जन्मकैद नहुने रेशम चौधरी मात्रै किन ?

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)ले आफ्नो पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसलाले विद्रोह निम्त्याउन सक्ने चेतावनी दिएका छन् । जिल्ला अदालत कैलालीले बुधबार टीकापुर घटनामा दोषी सावित गर्दै राजपाका सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजायको फैसला सुनाएको छ । सोही विषयमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतले अन्याय गरेको भन्दै अब राष्ट्रिय विद्रोह हुने चेतावनी दिएका हुन् ।
प्रतिनिधि सभाको बैठकमा सहभागी भएर संसद भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै नेता महतोले भने, ‘अब राष्ट्रिय विद्रोह हुन्छ, थारु, जनजाति मधेसी सबै मिलेर विद्रोह गर्छन् ।’ उनले अदालतको फैसलाले अन्यायमाथि अन्याय भएको टिप्पणी गरे ।
रेशम चौधरी आन्दोलनकारी हो, आन्दोलनकारीलाई जेल जन्मकैद हुने भए प्रचण्ड, केपी ओली र गिरिजाप्रसाद कोइरालालाई जन्मकैद किन नभएको भन्दै प्रश्न गरेको महताले भने, ‘रेशम चौधरी आन्दोलनकारी हो, आन्दोलनकारीलाई जन्मकैद हुने हो भने प्रचण्डलाई जन्मकैद किन भएन ? केपी ओलीलाई जन्मकैद किन भएन गिरिजाप्रसादलाई किन भएन, रिहा हुन कुनै खास जाति चाहिन्छ ? आजिवन जन्मकैदका लागि कुनै खास जतिको हुनुपर्ने ?’