जनसम्पर्क समिती इजरायलले बृहत परिचयात्मक तथा रात्रीभोज कार्यक्रम गर्दै

तेलअविव – नेपाली काङ्ग्रेसको प्रबासी भातृ संगठन जनसम्पर्क समितीले संगठनलाई चुस्तदुरुस्त , चलायमान , सशक्त र अझै बलियो बनाउने हेतुले आउदो १५ मार्च २०१९ (शुक्रवार) बेलुका ६ बजे ‘यारकोन पार्क तेलअभिब’मा बृहत परिचयात्मक तथा रात्रीभोज कार्यक्रमको आयोजन गरेको महामन्त्री राज छत्कुलीले तामाङअनलाइनलाई जानकारी दिनु भएको हो |
इजरायलमा छरिएर रहनु हुने विभिन्न पेशामा आबद्ध प्रजातान्त्रिक पद्धतिमा आस्थावान रहि राष्ट्रियता,लोकतन्त्र र समाजबादलाई आफ्नो राजनीतिक आदर्श ठानि नेपाली काङ्ग्रेसलाई माया गर्नुहुने सम्पुर्ण काङ्ग्रेस साथिहरुलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाई दिन हुन अनुरोध गरेको छ।
६ मार्च २०१९