तामाङ ह्योन्जन वंश प्रतिष्ठानको पहिलो काठमाण्डौभेला हुदै

काठमाण्डौ – ह्योन्जन वंश प्रतिष्ठान द्वारा काठमाण्डौमा यहि आउँदो फाल्गुन २५ गते शनिवार पहिलो भेलाको आयोजित गरेको छ | नयाँबस्ती, जोरपाटी स्थित तामाङ गुम्बा, बौद्धमा बिहान ८ः ०० बजे देखि २ः ०० बजे सम्म भेला हुने भएको छ |
नेपाल लगायत विश्वभरि छरिएर रहेका योन्जन वंशवली खोज अनुसन्धान ,थकथलोको पहिचान गर्नको साथै परिचय र भाइचारा सम्बन्धलाई मजबुतको बनाउन लागि “ह्योन्जन वंश प्रतिष्ठान” ले तिब्र रुपमा विभिन्न जिल्लाहरुमा भेलाको आयोजन गर्दै डाटा संकलनको साथै ह्योन्जन वंश प्रतिष्ठान समिति गठन गर्दै आईरहेको छ |
भेलामा काठमाण्डौ उपत्यकामा रहनु/ बस्नु भएका सम्पुर्ण ह्योन्जनहरुलाई उपस्थित को लागि हर्दिक अनुरोध गरेको छ |
मितिः- २०७५ फाल्गुन २५ गते शनिवार
समयः- बिहान ८ः ०० बजे देखि २ः ०० बजे सम्म
स्थानः- तामाङ गुम्बा, बौद्ध, नयाँबस्ती, जोरपाटी, काठमाण्डौ, नेपाल
२२ फागुन २०७५