रेशम चौधरीलाई जन्मकैद सजाय सुनाइएपछि राजपा बैठक बस्दै
काठमाडौं- टीकापुर काण्डमा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाइएपछि राजपाको बैठक केहीबेरमा बस्दैछ।
कैलाली १ बाट राजपाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले आज जन्मकैद फैसला सुनाएको थियो।
राजपाका महासचिव केशव झाले टीकापुर काण्डमा आएको अदालतको फैसालाबारे पार्टीको बैठकपछि आधिकारिक धारणा आउने बताए।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित अन्य १० जनाको योजनामा उच्च सुरक्षा अधिकारीसहित ९ जनाको हत्या भएको ठहर गरेको हो। ७ भदौ ०७२ मा भएको उक्त घटनामा एक नाबालकको समेत हत्या गरिएको थियो।