ह्वाट्स एपमार्फत ४ अर्बभन्दा बढीको हुण्डी

हुण्डी कारोबारमा प्रविधिको प्रयोग हुन थालेको छ । ह्वाट्स एपको प्रयोग गरेर ४ अर्ब रुपैयाँभन्दा बढीको हुण्डी गरेको राजस्व अनुसन्धान विभागले फेला पारेको छ ।
विभागले दिएको जानकारी अनुसार पूर्वे भनिने रामेश्वर साह, उनकी श्रीमती मिनादेवी साह, विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकुमार दासले ह्वाट्सएप एप्लिकेसनको प्रयोग गरी ४ अर्ब १६ करोड ३३ लाख ३१ हजार रुपैयाँ हुण्डी कारोबार गरेका प्रमाणित भएको छ ।
हुण्डी कारोबार गरेको प्रमाणित भएपछि विभागले आरोपी ८ जनाविरुद्ध धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
यी हुन् हुण्डी कारोबारको अभियोगमा मुद्दा दायर गरिएका व्यक्तिहरुः