युवाहरुको रोजाईमा बेनेलीको सस्तो बाइक, दुई दिनमा भयो सोल्ड आउट

काठमाडौं । बेनेलीको सस्तो बाइक टीएनटी-१५ नेपाल भित्रिएको छ । बाइक भित्रिएसँगै बाइक खरिद गर्ने ग्राहकको भिड नै लागेको हो । टीएनटी-१५ काे यही शुक्रबारबाट बिक्री सुरु गरिएको हाे।
बेनेलीकाे लागि नेपालकाे आधिकारीक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले पहिलो चरणमा भित्र्याएकाे ७० यूनिट बाइक सबै डेलिभरी दिएकाे जनाएको छ । कम्पनीले प्रि–बुकिङ लिएका ग्राहकहरुलाई बाइक डेलिभरी गरेको हो । अर्काे लटकाे लागि कम्पनीले फेरि बुकिङ लिन सुरु गरेको छ ।
टीएनटी-१५ लिन चाहने ग्राहकले २० हजार तिरेर बाइक बुक गर्न सक्नेछन् । ग्राहकको अत्याधिक मागलाई मध्यनजर गर्दैै कम्पनीले छिट्टै थप बाइक भित्र्याउने जनाएको छ ।
टीएनटी-१५ कै एफआई भर्सनसमेत केहि दिनमा नेपाल भित्रिने कम्पनीले बताएको छ ।
टीएनटी-१५ मा १७ इन्चको अलाय ह्वील दिइएको छ भने फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक रहेको छ । नेपाली बजारमा टीएनटी-१५ कालो र सेतो दुई कलर भेरियन्टमा उपलब्ध रहेको छ । यस बाइकको तौल १४० केजी रहेको छ ।
बेनेली टीएनटी १५ मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८ हजार ५०० आरपीएममा १२.०६ बीएचपी पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ । भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । कार्वोरेटर भर्सनको नेपाली बजारमा मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।
१४९.५ सीसी क्षमताको यो बाइकले १४ बीएचपी पावर उत्पादन गर्छ । एफआई माेडलकाे नेपाली बजारमा मूल्य ३ लाख २० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।