मायाको सपना खोज्दै नवगायिका शोभा सुब्बा ‘एन्जल’ (भिडियो सहित)

रोशन मेवाहाङ्ग
लण्डन । साहित्यकार तथा गीतकार प्रमोद चाम्लिङको रचना माया प्रेम विछोड हुदाको पीडामा आधारित ‘कति सपना साचे मैले’ बोलको म्युजिक भिडियोलाई हाइलाइट्स नेपालले आफ्नो सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरेका छन्।
गीतकार प्रमोदकोे मायाप्रेममा सजिएको रचनालाई नवगायिका शोभा सुब्बा (एन्जल) ले मधुर स्वर दिएकी छन्। एउटा सुन्दर जीवनमा एउटा प्रेमिकालाई प्रेमघर सजाएर बस्ने, उनकै नाम दिलभरी सजाउने सपना हुन्छ तर प्रेमीले धोका दिदाको पीडा जस्ता विक्षिप्त विम्बहरुका झुटो माया र सम्वोधनको भाव प्रमोद चाम्लिङले प्रस्तुत गीतमा झल्काएका छन्। मोडल सुवास राई, रमा राई र एलिना राई अभिनित भिडियोलाई तुलसी थापा मगरले प्रायोजन गरेका हुन्।
नेपाली सुगम संगीतका लागि उर्बर भूमि मानिने नेपालको पुर्वी पहाडी जिल्ला खोटाङ बुइपामा जन्मिएका नबोदित साहित्यकार तथा गीतकार प्रमोद चाम्लिङ आफ्नो साहित्यिक यात्रामा थुप्रै लोकभाका र आधुनिक गीति लेखनतर्फ आफ्ना कलमहरु निरन्तर अघिबढाईरहेका छन्।
आफ्ना जीवन यात्राको अनेकौ कालखण्डहरु पार गर्दै पारिवारिक परिस्थितिका कारण प्रदेशी भूमिमा बसेर पनि गीति लेखनमा संघर्ष गरिरहने गीतकार चाम्लिङले विभिन्न भाकाका झन्डै दुई दर्जन गीत रेकर्ड गरिसकेका छन्।
भर्खरै हाइलाइट्स नेपालले सार्वजनिक गरिएको गीतमा प्रमोद चाम्लिङको शब्दलाई राजरोबर्ट अजनबीको संगीत र कृष्ण भक्त राईको एरेन्ज रहेको छ। जीवन मुकारुङले सम्पादन गरिएको गीतलाई लेजर लाइन स्टुडियो कालेम्पोङमा रेकर्ड गरिएको हो।
निश्चल जसुले शृंगार गरिएका म्युजिक भिडियो गीतकार प्रमोद आफैंले निर्देशन गरेका हुन्।