हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

वल्र्ड नेवाः अर्गनाइजेशनको तेस्रो महाधिवेशन चैतमा हुने

काठमाडौँ, १९ फागुन : विश्व नेवाः मञ्च (वल्र्ड नेवाः अर्गनाइजेशन) को तेस्रो महाधिवेशन आगामी चैत १४ देखि १६ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

मञ्चको नेपालस्थित आयोजक समितिले हिजो यहाँ एक पत्रकार सम्मेलन गरी जानकारी दिए अनुसार यस पटकको महाधिवेशनमा २० भन्दा बढी मुलुकका प्रतिनिधिहरुले सहभागिता जनाउने छन् । सहभागीको सङ्ख्या करीब ५०० पुग्ने अनुमान गरिएको छ । यस पटकको महाधिवेशनले मञ्चको नयाँ नेतृत्वको पनि चयन गर्नेछ । महाधिवेशनको पछिल्लो दिन विशेष कार्यक्रमसहित विश्व नेवाः दिवश मनाइने भएको छ ।

महाधिवेशनका दौरान नेवाः समुदायले नेपालमा र विदेशी भूमिमा भोग्नुपरेका विभिन्न समस्यामाथि चारबाट समूहगत छलफल हुनेछ भने साँस्कृतिक कार्यक्रम, पदयात्रा, रात्रिभोज, स्मारिका प्रकाशन र दश व्यक्तित्वलाई सम्मान गर्ने काम पनि हुनेछ । महाधिवेशनका लागि नेपालमा गठित आयोजक समितिका संयोजक पुष्करभक्त माथेमाले नेवाः समुदायको उत्थानका लागि विश्वभर छरिएर रहेका नेवाःहरुलाई एकै छातामुनि संगठित गर्ने महाधिवेशनको उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।

विश्वको जुकसुकै भागमा रहेको भए पनि नेवा समुदायले आफ्नो मौलिक परम्परा र संस्कृतिलाई नत्यागेको दाबी गर्नुभयो । मञ्चको पहिलो महाधिवेशन बेलायतको लण्डनका सन् २०११ अक्टोबर २९–३१ सम्म र दोस्रो अमेरिकाको बाल्टिमोरमा सन् २०१६ मार्च २५–२७ सम्म भएका थिए । नेवाःहरु विश्वका १०० भन्दा बढी मुलुक पुगेको बताइन्छ । (रासस)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution