मिस तामाङ २०१९ को ताज सरिता तामाङ जितिन् , आयोजकले पैसा खाएको आरोप (भिडियो)

काठमाडौं – एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजना गरेको मिस तामाङ २०१९ को ताज सरिता तामाङले जितेकी छिन् । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्रान्ड फिनालेमा २२ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनीले १२ औं संस्करणको ताज हात पारेकी हुन् ।
उनलाई मिस तामाङ २०१८ की विजेता सिमरन स्याङ्बो तामाङले ताज पहिर्याइदिइन् । सरिता तामाङले एक लाख नगद र सिल्बर क्राउन, गिप्ट हेम्पर पाइन् ।
फस्ट रनरअप सबिना दोङ तामाङ , सेकेन्ड रनरअप अप्सरा स्याङ्तान तामाङ , थर्ड रनरअप कबिता योञ्जन तामाङ र फोर्थ रनरअप लक्किसा स्याङ्बो तामाङ भएका छन् । उनीहरूले क्रमशं नगद ५० हजार, २५ हजार र सिल्बर क्राउन, गिप्ट हेम्पर प्राप्त गरे |
मिस तामाङ २०१९ विवाद
मिस तामाङ २०१९ को ताज सरिता तामाङले जितेको घोषणा संगै कार्यक्रम स्थलमा आयोजनले पैसा खाएर मिस तामाङ घोषणा गरेको आरोप लगाउदै बिरोध गरेका थिए | कार्यक्रम स्थलमा बिरोध प्रदर्शन भएपछि प्रहरी पुगेका थिए |
भिडियो