हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

भरतमोहनको त्यो प्रस्ताव, जसका कारण दोहोर्‍याएर खेल्न पाएन दरवार

तत्कालिन राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा मन्त्रीपरिषद् तथा संसद्लाई विघटन गरी सम्पूर्ण राज्यसत्ता कब्जामा लिएको घोषणा गरेपछि देशभर संकटकाल लागू भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा त्यसको व्यापक विरोध भइरहेको थियो । तर, ज्ञानेन्द्र आफ्नो निर्णयबाट पछि हट्ने कुनै छाँटकाँट देखाइरहेका थिएनन् । त्यहीवेलामा युद्धरत नेकपा(माओवादी) र आन्दोलनरत ७ राजनीतिक दलहरुका बीचमा दिल्लीमा १२ बुँदे सम्झौता भयो । त्यही सम्झौताको जगमा माओवादीले युद्धको बाटोलाई छोडेर शान्तिपूर्ण आन्दोलनको बाटो रोज्यो ।

प्रत्यक्ष रुपमा ७ राजनीतिक दल र अप्रत्यक्षरुपमा संघर्षरत माओवादीको बलशाली उपस्थितीमा २२ चैत २०६२ देखि ११ वैशाख २०६३ सम्म १९ दिने जनआन्दोल चल्यो । त्यसैको जगमा लोकतान्त्रीक गणतन्त्रको स्थापना भयो र देशमा संविधान सभाको निर्वाचन दुईपटक लगाएर सम्पन्न गर्दै नयाँ संविधान समेत निर्माण भयो । त्यही संविधानको जगमा अहिले देशमा नयाँ सरकार गठन भएको छ ।

उक्त आन्दोलनको उपलब्धिमूलक अवतरणमा तत्कालीन राजनीतिक दलहरुको भूमिका नै सबैभन्दा महत्वपूण थियो । तर, त्यसभित्रका प्राविधिक विषयमा राजनीतिक दलका नेताहरुको व्यक्तिगत भूमिका पनि कम महत्वपूर्ण भने थिएन ।

दोस्रो जनआन्दोलन निकै उत्कर्षमा पुगेको समय थियो । देशैभर सल्किएको आन्दोलनको मसाल त्यत्तिकै निभ्ने कुनै छाँटकाँट थिएन । १९ दिन लामो आन्दोलनको रापतापले राजा ज्ञानेन्द्रको अवस्था धर्मराई सकेको थियो । उनले वैशाख ८ गते वक्तव्य निकानेर ‘आन्दोलनकारी पार्टीले प्रधानमन्त्रीको नाम दिएमा उसैलाई प्रधानमन्त्री बनाएर जनताको नासो जनतालाई नै दिने’ आशय प्रकट गरेका थिए । तर, ९ गते आन्दोलनले झन चर्को रुप लियो । थकित मनस्थितीमा पुगेका राजा सहमतिको बाटो खोज्दै थिए । सडकको शक्तिको अगाडि उनको केही लाग्नेवाला थिएन । चालबाजी भने अनेक चालिरहेका थिए ।

वैशाख ११ गतेको साँझ तत्कालीन नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी कलंकीको डेरामा बसिरहेका थिए । रातको ९ बजे दरबारका मुख्यसचिव पशुपतिभक्त महर्जनले फोन गरेर ‘तत्काल भेट्न’ आग्रह गरेपछि नेपाल र अधिकारीले आन्दोलनका कमान्डर गिरिजाबाबु बिना नभेट्ने बताए । ‘उनीसँग पनि कुरा भएकोले आउन आग्रह’ गरिसकेको भनेपछि दुवै जना गिरिजा निवास महाराजगञ्ज पुगे ।

बैठकमा गिरिजाबाबुसहित कांग्रेसका नोना कोइराला, दिलेन्द्र बडु, महेश आचार्यलगायत नेताहरु थिए भने एमालेबाट माधवकुमार नेपाल, भरतमोहन अधिकारी र अमृत बोहोरा उपस्थित थिए । दरबारका तर्फबाट भने मुख्यसचिव पशुपतिभक्त महर्जन मात्रै थिए । मुख्यसचिव महर्जनले बैठकमा प्रस्ताव पेश गरे । प्रस्ताव एक कपी मात्रै भएकोले सबैले पालैपालो पढे ।

प्रस्तावमा ‘प्रतिनिधिसभा पुनःस्थापना गरेको’ र ‘प्रतिनिधिसभाको बैठक कहिले, कुन समयमा, कहाँ बस्ने भन्ने विषयमा सभामुखले राजनीतिक पार्टीसँग परामर्श गरेर जाहेर गर्ने’ भन्ने लेखिएको थियो । बैठकमा उपस्थितमध्ये महेश आचार्य बाहेक कसैले कुनै प्रतिक्रिया जनाएका थिएनन् । भरतमोहनले मुख खोले ।

यो अर्मूत वाक्य लेख्नुको पछाडि दरबारको राजनीतिक दललाई अल्झाएर आन्दोलन रोक्ने तिगडम हो भन्ने बुझेपछि भरतमोहनले भने ‘प्रतिनिधिसभाको बैठक कहाँ गर्ने समय र स्थान पनि तोकिनुपर्छ ।’

‘पशुपतिजीले ल्याएको ड्राफ्टमा शंका गर्ने ठाउँ थियो । राजाको नियत प्रतिनिधिसभा पुनःस्थापना गरिदिने । बैठक बोलाउनेसम्बन्धि परामर्श गर्न सभामुख तारानाथ रानाभाटलाई जिम्मा दिने । उनले दलहरुसँग परामर्श गरेर दिन बिताउँदै जाने र फेरि नयाँ खेल सुरु हुने हो कि’ भन्ने मेरो आशंका थियो’ उक्त प्रस्ताव राख्नुको रहस्यबारे अधिकारीले आफ्नो पुस्तक ‘संसददेखि संविधानसम्म’मा लेखेका छन्, ‘यस्तो चलखेल नहोस् भनेर मैले त्यो प्रस्ताव राखेको थिएँ ।’

भरतमोहनको प्रस्तावमा गिरिजाबाबु र माधवकुमार नेपालले पनि सही थपे । तर पशुपतिभक्तले भने आनाकानी गरे । गिरिजाले ‘यही प्रस्तावलाई राजालाई सुनाएर आउ त्यसपछि टुंग्याउँला’ भनेपनि पशुपतिभक्त मान्न तयार भएनन् । आफूलाई राजाले सम्पूर्ण अधिकार दिएको भन्दै उनले ‘तपाईले भनेकै मिति, समय र स्थानमा बैठक आह्वान हुन्छ, आजै संघर्ष स्थगितको घोषणा गर्नुपर्‍यो’ भनेर आग्रह गरे । ‘पहिले ड्राफ्ट तयार गर्नुहोस्, त्यसपछि हामी गरौँला’ भन्दै रातको ११ बजे बैठकबाट सबै निस्किएको नयाँ पत्रिकामा छ |

‘नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम २०५९ साल जेठ ८ गते विघटन भएको प्रतिनिधिसभालाई यसै घोषणामार्फत पुनःस्थापित गरिबक्सेका छौँ । बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अघि बढाउने जिम्मेवारी वहन गर्न हामी आन्दोलनरत सात राजनीतिक दलहरुलाई आह्वान गर्दछौँ’ बैठकबाट घर पुग्दा टेलिभिजनमा राजाको सम्बोधन आइरहेको थियो, ‘पुनस्थापित प्रतिनिधिसभाको बैठक २०६३ साल वैशाष १५ गते शुक्रबार दिनको १ बजे संसद् भवन, सिंहदरबारमा बस्ने गरी आह्वान गरिबक्सेका छौँ ।’

ज्ञानेन्द्रको सम्बोधनको यो अंश भरतमोहनले बैठकमा राखेको त्यही एउटा आशंकाको सुनिश्चिता थियो, जसका कारण दरबारले दोहोर्‍याएर आन्दोलनको मर्ममाथि थप खेल्ने मौका पाएन ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution