आदिबासी जनजाती महासंघ बहराइनको दोश्रो महाधिवेशन सम्पन्न,अध्यक्षमा झहर मान थेबे

मानमा बहराइन, नेपाल आदिवासी जनजाती महासंघ बहराईनको दोस्रो ऐतिहासिक अधिबेशन ०१ मार्च २०१९ शुक्रबार का दिन बहराइनको राजधानी मनामा अवस्थित ओरेन्टल प्यालेस होटलको सभाहलमा सम्पन्न भएको छ |
महासंघको अध्यक्ष ज्ञानेन्द्र तमु सभापतित्वमा भएको अधिवेशनमा प्रमुख अतिथि नेपाली दूतावास बहराईनका महामहिम पदम सुन्दास, विशेस अतिथि क्रमस नियोग उपप्रमुख खगराज पान्डे , तृतीय सचिव रुथ कार्की, सामाज सेवि गम गुरुङ, नेपाली कल्ब बहराईनका उपाध्यक्ष दिपक गुरुङ, समाजसेवी तथा ब्यावसायी दुर्गा गिरी, एन आर एन ए का अध्यक्ष लाल प्रसाद पुनको संयुक्त बाहुलीबाट दिप प्रज्जलन गरि दोश्रो अधिबेशनको उद्घाटन गरिएको थियो |
अधिवेशनमा उपस्थित जनामासलाई स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष विरेन्द्र तुम्बापोले गर्नु भएको थियो l जातिय संस्थाका ,क्षेत्रीय बैचारिक,सामाजिक संघ संस्थाका प्रतिनिधि ज्युहरु कलाकार पत्रकार ज्यु हरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको खुला र बन्द गरि दुई चरणमा कार्यक्रम गरिएको थियो |
अधिवेशनमा शुभकामना मन्तव्य राख्ने क्रममा नेपालि दूतावास बहराइनका महामहिम पदम सुन्दास , नेपालि जन सम्पर्क समितिका सभापति पदम सुन्दर गुरुङ, समाजसेवी गम गुरुङ , एन आर ए एन बहराइनका अध्यक्ष लाल पुन , नेपालि क्लबका उपाध्यक्ष दिपक गुरुङ, तथा अन्तराष्ट्रिय तामांङ परिषदका उपाध्यक्ष सोनम दोंङ तामाङले राख्नु भएको थियो |
औपचारिक कार्यक्रमको सभापतिबाट पहिलो चरणको कार्यक्रम समापन भएको घोषणा पश्चात निर्वाचन समिति गठन गरिएको थियो l सस्थाको दुई बर्षको कार्य प्रगति प्रतिबेदन र आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरे पश्चात अध्यक्ष ज्ञानेन्द्र तमुले कार्यसमिति लाई धन्यवाद ब्याक्त गर्दै आफ्नु नेतृत्वको कार्यसमिति भंग गर्दै मार्ग प्रसस्त गर्नुभएको थियो |
नेपाली क्लबका उपाध्यक्ष श्री दिपक गुरुङ लगायत सदस्य स्याम किराँती तथा किशोर गुरुङ तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो |
अधिवेशन द्वारा झहर मान थेबेको नेतृत्वमा सर्व सहमत १८ सदसिय कार्य समिति गठन गरिएको छ | जसअनुसार अध्यक्ष झहर मान थेबे , बरिष्ठ उपाध्यक्ष बिरेन्द्र तुम्बापो , उपाध्यक्ष धन कुमार राई , उपाध्यक्ष तेम्बा शेर्पा,उपाध्यक्ष जित घर्ति मगर,महासचिव मिलन राई,प्रथम सचिव श्री पदम गुरुङ,दितीय सचिव पेमा लामा, तृतीय सचिव मनु लाबुंग लिम्बु,कोषाध्यक्ष च्याङबा लामा तामाङ,प्रथमकोष सचिव खगेन्द्र राई, दितीयकोष सचिव मिना गुरुङ,तृतीयकोष सचिव बुद्ध लक्ष्मी तामाङ(माया घिशिंग तामाङ ), कार्यकारी सदस्यमा एक राज राई , ग्याल्जेन सालाका शेर्पा,शेर बहादुर लुम्फुवा , कृष्ण बहादुर खाम्चा मगर र फुलमाया शेर्पा रहेका छन् |
निर्वाचन आयोगको भुमिका निभाउदै न्याय पुर्वक निर्वाचन प्रकृया पुरागरि आयुक्तको भुमिकामा रहनुभएका आयुक्त दिपक गुरुङले बधाई दिदै ओहदाको प्रमाण पत्र प्रदान गर्नुभएको थियो |