हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

स्पर्श लघुवित्तको फागुन २६ देखि २ लाख ५२ हजार कित्ता आइपीओ खुल्ने

काठमाडौं : स्पर्श लघुवित्त वित्तीय संस्थाले फागुन २६ गतेदेखि २ लाख ५२ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । कम्पनीले कुल २ लाख ६९ हजार ६३० कित्ता सेयरमध्ये ०.५% (४ हजार १४८ कित्ता) कर्मचारीलाई र ५% (१३ हजार ४८२ कित्ता) सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

यस आइपीओमा फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा भने चैत २५ गतेसम्म भर्न सकिनेछ । सी–आस्वाबाट आवेदन दिनुपर्नेछ । बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १३ सय ४० कित्तासम्म यो आइपीओ भर्न सक्नेछन् । यस आइपीओको प्रतिकित्ता भाउ १०० रुपैयाँ हुनेछ ।

स्पर्शले आइपीओ बिक्रीबाट आउने रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जामा उपयोग गर्ने भएको छ । यस्तै, खुद्रा व्यापार तथा सेवा कर्जामा ४० लाख र साना तथा घरेलु उद्योग कर्जामा २९ लाख ६३ हजार रुपैयाँ उपयोग गर्ने जनाएको छ । यस लघुवित्तले आइपीओ बिक्री गरी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउनेछ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म स्पर्शले ६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १ करोड ४२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण रहेको छ । यस्तै, आगामी आर्थिक वर्षमा २ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाउने योजना बनाएको छ ।

यता, प्रतिसेयर आम्दानी यस आवमा १५ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८६ पैसा पुग्ने अनुमान गरिएको छ । आव २०७६।७७ मा भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७९ पैसा र नेटवर्थ ११४ रुपैयाँ २३ पैसा पुग्नेछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution