हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

आङछिरिङ शेर्पाको शोकमा शुक्रबार यति र ताराले उडान नगर्ने

काठमाडौं : ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका यति र तारा एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको शोकमा शुक्रबार सबै उडान रद्द गर्ने निर्णय गरेको छ।

शेर्पाको सम्मानमा एक दिनका लागि यति र तारा एयरका सबै उडान रद्द गर्ने निर्णय गरिएको यति एयरलाइन्सका सञ्चार अधिकृत तथा वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए।

नेपाली हवाई उड्डयनको अग्रणी वायुसेवा कम्पनी तारा र यतिका दैनिक करिब ६० उडान छन्। सबै उडान एक दिनका लागि बन्द गर्ने र एयरलाइन्सकै सञ्चालक शेर्पाको सम्मान गरिने हुँदा यात्रुलाई परेको असुविधालाई क्षमा दिन तारा र यति दुवैको वायुसेवाले अनुरोध गरेका छन्।

नेपालको हवाई उड्डयनमा दुर्गम क्षेत्रमा योगदान पुर्याउने वायुसेवाको नामले परिचित शेर्पाको तारा एयरसँग ६ वटा जहाज छन्। यसमध्ये चारवटा १९ सिट क्षमताका ट्विनअटर र दुईवटा १८ सिट क्षमताका डोर्नियर छन्। यो वायुसेवाबाट दैनिक काठमाडौं लुक्ला १०, पोखरा–जोमसोम पाँच र नेपालगन्जबाट हुम्ला डोल्पा, सुर्खेतहितका कर्णाली क्षेत्रका विमानस्थलमा १५ वटा उडान हुने गरेका छन्।

आन्तरिक उडानमा सुगम क्षेत्रका विमानस्थल उडान गर्ने यति एयरलाइन्सका पनि दैनिक करिब २८ देखि ३० वटा उडान हुने गरेका छन्।

यतिका पाँचवटा जेट स्टिम र तीन तीन एटीआर ७२ नामका जहाजबाट आन्तरिक गन्तव्यमा उडान हुने गरेको छ। यतिका यस्ता जहाजमा एउटा जेटस्टिम २९ सिट क्षमता र बाँकी चारवटा ३० सिट क्षमताका छन्।

यतिको एटीआर ७२–५०० नामको जहाज भने ७२ सिट क्षमताको हो। यतिले काठमाडौंबाट तुम्लिङटार, भद्रपुर, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, नेपालगन्ज र माउन्टेन उडान गर्ने गरेको छ।

नेपाली पर्यटन क्षेत्रका अग्रज शेर्पाको अन्य दजनौं व्यवसाय सञ्चालनमा छन्। उनको नेतृत्वमा यति एयरलाइन्स, तारा एयर, यति होलिडे, क्रियटिभ ट्राभल, यति इन्सेन्टिभ, यति एड्भेन्चर छन्।

यति माउन्टेन होमअन्तर्गत ६ वटा होटल, केर एन्ड डाउनीका ६ वटा होटल, कसरा होटल, गोकर्ण फरेस्ट रिसोर्टलगायत जलविद्युत्मा पनि लगानी छ।अन्नपूर्ण बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution