‘टिक टक’लाई अमेरिकामा ६५ करोड जरिवाना

पछिल्लो समय सर्वाधिक चर्चा बटुल्न सफल भिडियो सेयरिङ एप टिक टकलाई अमेरिकामा करोडौँ जरिवाना गरिएको छ। एजेन्सीहरुका अनुसार कम्पनीले १३ वर्षमुनिका बच्चाहरु सम्बन्धी तथ्य अवैधानिक रुपमा संकलन गरेको भन्दै अमेरिकाको संघीय वित्त आयोगले ६५ करोड जरिवाना तिराएको हो।
अमेरिकामा जरिवानामा परेको म्युजिकल्ली गत अगष्टमा टिक टकमा मर्ज भएको थियो। भिडियो सेयरिंग एप सन् २०१७ मा बाइटिडान्स नामको कम्पनीसँग सम्बन्धित भएको थियो।
उक्त एप नेपालमा समेत उत्तिकै चर्चित छ भने विश्वमा यसका करोडौँ प्रयोगकर्ता रहेका छन्।
अमेरिकी वित्त आयोगले अहिलेसम्म संकलन गरेको बालबालिकाको तथ्यांक समेत डिलेट गर्न भनेको छ।त्यस्तै अमेरिकामा अब यो एप खोल्दा प्रयोगकर्ताले आफ्नो उमेर प्रमाणीकरण (भेरिफाई) गर्नुपर्नेछ।
अमेरिकामा यो एपका ६५ मिलियन प्रयोगकर्ता रहेकामा धेरै न्यून उमेरसमूहका रहेको बताइएको छ।