बिस्क़ा जात्राको लागि चाहिने येसीं द्यो डोजरले तानेर भक्तपुर ल्याईयो

भक्तपुर – ९ दिन सम्म हुने नेपालको प्रशिद्द बिस्क़ा जात्राको लागि चाहिने येसीं द्यो भक्तपुर ल्याईएको छ । गुठी संस्थानले वन देखि येंसिख्य सम्म ल्याउन तीन लाख २४ हजार ५९९ रुपैंयामा ठेक्का दिएको पार्टीले डोजरले तानेर येसीं द्यो भक्तपुर ल्याएको हो ।
गुठी संस्थान र ठेक्का पार्ने मिलेर येसी द्यो परम्परागत हिसावले नल्याई रातारात डोजरले तानेर भक्तपुर ल्याईएको छ । यस विषयमा गुठी संस्थान सँग बुझन जाँदा उनीहरु भन्छन् हामीले येसी द्यो ल्याउन पैसा दिएका हौं यसमा जसरी ल्याएपनि के मतलव भन्दै उनीहरु पन्छिए ।
दुई येसी द्यो ल्याउनु पर्ने हो हामीले ठेक्का दिएकाले ल्याए यसमा उनीहरुले कसरी ल्याए के गरे हामीलाई मतलव छैन गुठी संस्थानका सूचना अधिकारी एवं लेखापाल बैकुण्ठ आचार्यले बताए । उनका अनुसार परम्परागत हिसावले भक्तपुर सम्म येसी द्यो ल्याउन यो जात्रा मनाउने नेवाहरू तान्न कोही पाईन्न अनी हामीले ठेक्का दिएकाले डोजरले ल्याए होलान यो कुनै नौलो कुरा नभएको भन्दै उनी यसमा पन्छे ।
डोजरले तानेर ल्याउन पनि यति धेरै पैसा किन त भन्दा उनले पहिला तीन लाख तीस हजारमा ल्याएका थिए । अहिले अझ ४४ सय कम दाममा ल्याएका छन् भन्दै उनले डोजरले तानेको विषयलाई ढाकछोप गर्दै पन्छन खोजे ।
गुठीले यो बर्ष २ येसी द्यो भक्तपुर सम्म ल्याउन इन्दिरा प्रजापतिलाई तीन लाख २४ हजार ५९९ रुपैंयामा टेन्डर दिएको थियो ।येसीं द्यो छनोटको प्रक्रिया समाप्त भएपछि रुखलाई काटेर मानिसले तान्दै विभिन्न स्थानमा भोज खाँदै र हर्शोउल्लासका साथ भक्तपुरको येसिख्य ल्याउने परम्परा रहेको छ ।
९ दिन सम्म मनाईंने जात्राका लागि ल्याइने उक्त येसी द्यो नेवारहरुले ठुलो आस्थाका साथ पुजा आजा सहित भगवानका रुपमा मान्ने गर्दछन् ।
आज गुठीका केहि र ठेकेदारहरु मिलेर डोजरको प्रयोग गर्दै येसी द्यो भित्राएजस्तै भोलिका दिनमा उक्त येसी उठान पनि डोजर नै लगाए हुने भन्दै सामाजिक संजालमा यो विषय बस्तुको ठुलो खण्डन भएको छ ।
हाम्रो रिती थिती र परम्परा अव मेसिनको सहायतामा नै मनाउने हो भने भोलीका दिनमा विस्कॉ जात्राको रथ पनि रिमोट बाला नानीहरुले खेल्ने खेलाउना जस्तै गरि निर्माण गरि यता उता गराई मनाए हुने देखिन्छ ।
गुठी संस्थान र ठेकेदारको मिलि भगतमा थोरै पैसामा येसी द्यो ल्याउने र नाफा गर्ने हेतुले रातारात नै येसी द्यो झिकाईएको देखिन्छ । बिस्क़ा जात्रा चैत्र २७ गते सुरु भै बैसाख ५ गते समापन हुंछ भने यो जात्रा नेपालको धेरै ज़िल्लाहरूमा भब्य रूपमा मनाईछ ।
विगतका दिनमा येसी ल्याउनेहरुको अनुसार यसरी ल्याउने हो भने यसमा एक लाख भन्दा बढि खर्च कुनै पनि हालतमा हुन्न नाफाका नाममा नेपाल मण्डल उपत्यका कै संस्कृतिमाथी नै हमला हुँदा पनि कोही केहि नवोल्नु भने लाज मर्दो भएको उनीहरु बताउँछन् ||