सरकारद्वारा राष्ट्रिय शोक घोषणा, भोलि सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं– सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।
उनका अनुसार बिहीबार सरकारले मन्त्री अधिकारीसहितको निधनमा राष्ट्रिय शोक दिन घोषणा गरेको छ । सरकारी, सार्वजनिक निकाय, विदेशस्थित कुटनीतिक नियोग तथा राजदुूतावासलगायतका स्थानमा राष्ट्रिय झण्डा आधा झकाउने निर्णय पनि सरकारले गरेकाे छ ।
फागुन १५, २०७५