‘मौसम खराब छ, नजानुस्’ भन्दाभन्दै उडेको थियो मन्त्री रवीन्द्र अधिकारी सहित हेलिकप्टर

काठमाडौं।पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना चढेको हेलिकप्टर पाथीभार गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।
बिहान देखिनै मन्त्री अधिकारी तेह्रथुमको चुहान डाँडामा केवलकारको शिलन्यास गर्न पुगेका थिए। यहाँ आएपछि ताप्लेजुङमा रहेको पाथिभारा मन्दिरको दर्शन गर्न भन्दै एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टरबाट पाथिभार गएको स्थानीय शिक्षक दीपक उप्रेतीले जानकारी दिए। उप्रेतीले भने, ‘उहाँको टोली बिहान केबलकारको शिलन्यास गरेर मन्दिर दर्शन गर्न निस्किएको थियो।’
ताप्लेजुङ लगायत देशभरको मौसम बुधवार बिहानदेखि नै असमान्य थियो। कार्यक्रममा सहभागी केही मानिसले मौसम खराव भएकाले पाथिभार मन्दिर नजान समेत आग्रह गरेको शिक्षक उप्रेतीले बताए।
कुराकानीमा शिक्षक उप्रेतीले भने, ‘उहाँलाई कार्यक्रममा सहभागी केहीले मौसम खरावी भएकाले नजान समेत आग्रह गर्नुभएको थियो। तर मन्दिर दर्शन गर्न भन्दै जानु भएको बुझियो।’
***
पर्यटन मन्त्री रवीन्द्र अधिकारीसँगै चर्चित व्यवसायी आङ छिरिङ शेर्पा पनि हेलिकप्टरमा थिए। उनी निजी क्षेत्रको हवाई सेवा यति एयरलाइन्सका मालिक हुन्।
हेलिकोप्टरमा युवराज दाहाल पनि थिए। उनी प्रधानमन्त्री कार्यालयमा कार्यरत छन्। उनी उपसचिव हुन्। त्यस्तै नागरिक उड्ययन प्राधिकरणका निर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश बजिमय, अर्जुन घिमिरे पनि छन्। घिमिरे पनि प्रधानमन्त्री कार्यालयमा कार्यरत रहेको बताइएको छ।
बिजमाण्डू