रुसले पाँच मिनेटमा अमेरिकाको परमाणु स्थल ध्वस्त पार्न सक्छ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चेतावनी दिएपछि रुसका सरकारी सञ्चार माध्यमले अमेरिकी सैन्य ठेगानाको सूची जारी गर्दै परमाणु आक्रमण भएमा मस्कोले अमेरिकाका ती सबै स्थानलाई निशाना बनाउने बताएका छन् ।
खबरका अनुसार, रुसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइलको माध्यमबाट पाँच मिनेट भन्दा पनि कम समयमा ती परमाणु स्थललाई ध्वस्त पार्न सक्छ ।
सञ्चार माध्यमबाट जारी गरिएको सूचीमा अमेरिकी सेनाको मुख्यालय पेन्टागन तथा मेरिल्यान्डमा रहेको क्याम्प डेभिड प्रेसिडेन्सियल रिट्रिट पनि शामिल छ ।
खासमा हालैमा पुटिनले भनेका थिए कि, यदि अमेरिका क्यूबाको मिसाइल संकट जस्तो स्थितिको सामना गर्न चाहन्छ भने मस्कोको सैन्य तयारी पनि पूरा छ । अमेरिकाको युरोपममा अन्तर महाद्विपय परमाणु मिसाइल तैनाथ गर्ने आशंकालाई लिएर रुस चिन्तित बनेको छ । यसै कारण दुई देशबीच तनाव बढ्दै गएको बताइएको छ ।
पुटिनले भने, यदि अमेरिकाले त्यस्तो गर्छ भने उसले पनि अमेरिकी समुन्द्री क्षेत्रको नजिकै आफ्नो पनडुब्बीमा हाइपरसोनिक परमाणु मिसाइल तैनाथ गर्नेछ । यो विषयमा अमेरिकाले युरोपमा तत्काल परमाणु मिसाइल तैनाथ गर्ने कुनै पनि योजना नरहेको बताएको छ ।
यद्यपी, अमेरिकाले रुसमाथि सन् १९८७ को अन्तर महाद्वीपिय परमाणु बल सन्धिको उल्लंघन गरेको आरोप लगाएको छ । त्यसैले अमेरिकाले पनि सन्धिबाट अलग हुने निर्णय लियो । अब अमेरिका यस्तो मिसाइल बनाउन र तैनाथ गर्नका लागि स्वतन्त्र भएको बताइएको छ ।
पुटिनले हालै मात्र भनेका थिए, रुस फेरि हतियारको होड चाहदैन तर जवाफ दिनका लागि पूर्ण रुपमा तयार छ । सरकारी च्यानलले आइतबार प्रशारित कार्यक्रममा अमेरिकाको नक्सामा केही लक्ष्यको चिन्ह देखाएको बताइएको छ । एजेन्सी