हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

ब्राम्हणको घरमा मगरकी छोरी अस्वीकार, मुस्लिम बुहारी स्वीकार !

बाग्लुङको एक ब्राम्हण परिवारका छोराले २७ वर्षअघि मगरकी छोरी विवाह गर्दा समाजले घृणा गरेपछि उनीहरु लुकेर बस्नु परेको थियो । अहिले त्यही परिवारका छोराले धर्म संस्कृति नै नमिल्ने पाकिस्तानी मुस्लिम समुदायकी युवती विवाह गर्दा सबैले स्वीकारमात्र गरेनन् भव्य स्वागत र हर्षोल्लास नै मनाएका छन् ।

हालको बाग्लुङ्ग नगरपालिका–१२ अमलाचौर पल्लासराङ्ग गाउँका टीकाराम आचार्यले २७ वर्षअघि गाउँकै डिलमाया पाईजा मगरसँग प्रेम विवाह गर्दा समाजले बहिस्कार गरेपछि उनीहरुको जोडी गाउँ छाडेर पोखरामा बस्न पुगेका थिए । अहिले उनै दम्पत्तिका एक मात्र छोरा २३ वर्षीय सुदीन आचार्यले पाकिस्तानकी मुस्लिम समुदायकी युवती २२ वर्षिया आम्ना सफिकलाई विवाह गरेर घर भित्र्याउदा बहिस्कार होइन भव्य स्वागत र उल्लास चलिरहेको छ ।

‘मैले २७ वर्ष अघि मगरकी छोरी डिलमायालाई विवाह गर्दा ठूलो चुनौती मोल्नु परेको थियो । घरमा पस्न नदिने र छुटाउने प्रयासको त्रास बढेपछि भागेर हामी पोखरा आएका थियौँ । अहिले पनि यहि छौं’ आचार्यले भने, ‘अहिले छोराले मुस्लिम युवती विवाह गरेर ल्याउँदा असाध्यै राम्रो लागेको छ । माया प्रेममा कुनै धर्म र जातापातको भेदभाव राख्नु हुँदैन भन्ने मान्यता राख्छौँ र हामी निकै खुशी छौँ ।’

उनले उतिबेला आमाले बाहिरै राखेर स्वीकार्न चाहे पनि आफूहरु सामाजिक बहिस्कारमा परेपछि पोखरा आउनु परेको दोहोर्याउँँदै परिवारकै सल्लाहमा तीन दिनअघि बाग्लुङ्ग जिल्ला अदालतमा छोरा बुहारीले ‘कोर्ट म्यारिज’ गरेर पोखरास्थित घर भित्रिन आएको बताए ।

एक छोरा र एक छोरी रहेको बताउने आचर्यले अरुलाई पनि धर्म र जातपातको विभेद नगर्न सुझाव दिए ।

सामाजिक सञ्जालले जोड्यो नेपाली र पाकिस्तानी मन

बैदेशिक रोजगारका लागि डेनमार्क हुँदै पर्चुगल पुगेका सुदीन र आम्ना सामाजिक सञ्जाल फेबुकमा साथी बनेको बताउँछन् ।

सुदीन भन्छन्, ‘मैले मेरो परिवारबाट र उनले (आम्नाले) आफ्नो परिवारबाट स्वीकृत माग्दा दुवैतर्फबाट स्वीकृति भए पछि बाग्लुङ्ग आएर कोर्ट म्यारिज गरेका हौँ ।’ ‘हामी फेशबुकमा फ्रेण्ड बन्यौं , त्यसपछि दुई वर्ष अघिदेखि हाम्रो फोन सम्बाद हुँदै आएको थियो’, सुदीन थप्छन् ‘एक वर्ष अघि मात्र हाम्रो पोखरामा प्रत्यक्ष भेट भएको हो ।’

बाग्लुङ्गको छिमेकी जिल्ला गुल्मीमा दुई वर्षअघि बिश्वकर्माका छोरालाई नेवार समुदायले आफ्नी चेली जग्गेमा पाउँ पुजेरै विवाह गराएपछि यस भेगमा अन्तरजातीय बिबाहले प्रोत्साहन पाउन थालेको छ ।

समाजमा समानता चाहने बाग्लुङ्गका समाजसेवी र राजनीतिकर्मीहरुले उनीहरुको विवाह सम्बन्धलाई निकै सह्राना र स्वागत गरेका छन् ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बोमिजिम विवाह दर्ता गर्न मञ्जुर भए न्यायधीशले विवाह गराइदिन सक्ने व्यवस्था भएअनुसार उनीहरुको विवाह गराईएको अधिवक्ता तिलकबहादुर रिजालले बताएको रातोपातिमा समाचार छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution