चार हजार किमी रेल चढेर भियतनाम पुगे किम जोङ उन

काठमाडौं । चार हजार किलोमिटर ट्रेन यात्रा गरेर उत्तर कोरियाका नेता किम जोङ उन भियतनाम पुगेका छन् ।उनले त्यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने छन् । गत वर्ष सिंगापुरमा भेटेका दुई नेताको वार्ता यो पटक भियतनाममा हुन लागेको हो ।
डोङ डाङ सीमासम्म निलो ट्रेन चढेर आएका उनको स्वागतमा रातो कार्पेट विछ्याइएको थियो ।
किम आउनु अघि डोङ डाङ स्टेशन सर्वसाधारणका लागि बन्द गरिएको थियो । त्यहाँबाट उनलाई स्कर्टिङसहित राजधानी हानोइ लगिएको छ । अब उनले कारमा १७० किलोमिटर यात्रा गर्ने छन् ।
१४ फागुन २०७५