चलचित्र साइनोको ‘मायालुलाई जात्रैमा भेटियो … गीत सार्वजनिक

काठमाडौं – चलचित्र साइनोको पहिलो गित मायालुलाई जात्रैमा भेटियो सार्वजनिक भएको छ । गितमा मेलिना राई र प्रताप दासको स्वर रहेको छ । बसन्त सापकोटाको संगीत रहेको चेतन कार्कीको शब्द रहेको छ । आकर्षक सेटअप तयार पारेर खिचिएको गीतमाराज कुमार र मिरुना मगरको फिचर रहेको भिडियोको कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।
रमेश थापाको निर्देशन रहेको चलचित्रमा निता ढुंगाना, मिरुना मगर, राज कुमार, बसुन्धरा भुसाल, भवन चन्द आदि कलाकारको अभिनय रहेको छ । चलचित्रको प्रस्तुतकर्ता भुवन चन्द हुन भने निर्मातामा शरण थापा रहेका छन् ।
अभिमन्यू ‘निरवी’ ले फिल्मको कथा तयार पारेका हुन् । रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन रहेको छ ।