फुटबलर साला दुर्घटना भएको विमानका पाइलटको लाइसेन्स नभएको खुलासा

एजेन्सी । कार्डिफ सिटीका स्ट्राइककर इमिलिनो सालासहित दुर्घटनाग्रस्त भएको विमानका चालकको व्यापारिक उडान अनुमत नभएको खुलासा भएको छ ।
यस्तो अनुमतिपत्र नहुनेले यात्रुसहितको विमान उडान पाउँदैनन् । सो विमानका पाइलट डेबिड लब्बोट्सनसँग नीजि उडानका लागि मात्र अनुमतिपत्र भएको जनाइएको छ । उडान दुर्घटना जाँच शाखा (एआईबी)ले सो विमान दुर्घटनापछि गरेको अनुसन्धानमा यस्तो खुला भएको पुष्टि भएको बीबीसीले जनाएको छ ।
फ्रेन्च क्लवका कीर्तिमा राशीमा इंग्लिश प्रीमियर लीग क्लव कार्डिफमा अनुबन्धित भएपछि अर्जेन्टियन स्ट्राइकर विमानमाफर्त फ्रान्सबाट लण्डनका लागि उडान भरेका बेला दुर्घटनामा परेका थिए ।
उनको शव क्षतविक्षत अवस्थामा दुर्घटनाको १३ दिनपछि फेला परेको थियो ।
५९ वर्षीय पाइलट लब्बोट्सनको नीजि अनुमति पत्रको म्याद पनि गएको २१ जनवरीमा सकिँदै थियो ।
दुर्घटनामा ज्यान गुमाएका फुटबलर सालाको शव फेला परे पनि पायलट लब्बोट्सनको शव भने हालसम्म फेला परेको छैन । उनका परिवारले उनको खोजी कार्य जारी राख्न भनेका छन् । उनीहरुमा अँझै पनि लब्बोट्सन जीवितै फेला पर्ने आशा छ ।
साला दुर्घटनालाई सन् २०१९ को शुरुमै भएको फुटबलको एक दुःखद् घटनाका रुपमा लिइएको छ ।