हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

नयाँ शक्ति नेपालका जिल्ला संयोजकसहित ४ केन्द्रीय सदस्य कांग्रेस प्रवेश, सांसद तामाङ भने प्रवेश गरेनन् 

रसुवा । नयाँ शक्ति नेपाल रसुवाका जिल्ला संयोजकसहित चार जना केन्द्रीय सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार नयाँ शक्ति पार्टीका रसुवा संयोजक फुर्वा वाङ्दी तामाङको नेतृत्वको नेतृत्वमा चार जना केन्द्रीय सदस्यसहित जिल्ला कार्यसमिति कांग्रेसमा विलय भएको हो ।

रसुवा कांग्रेसका सभापति पेम्बा छिरिङ तामाङले नयाँ शक्तिका झण्डै ९५ प्रतिशत नेता–कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेको बताएका छन् । नयाँ शक्ति रसुवाको सिंगो समूहलाई कांग्रेस प्रवेशका लागि काठमाडौंबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापा लगायतका नेताहरु गएका थिए ।

रसुवाका नयाँ शक्ति पार्टीबाट विजयी प्रदेश सांसद प्रेमबहादुर तामाङ, आमा छोदिङ गाउँपालिकाका अध्यक्ष भुजुङ तामाङ पनि सोमबार नै कांग्रेस प्रवेश गर्ने तयारी थियो । तर कानुनी व्यवधानका कारण उनीहरुले कांग्रेस प्रवेश नगरेको जिल्ला सभापति पेम्बा छिरिङ तामाङले बताए ।

‘‘प्रदेश सांसद र गाउँपालिका अध्यक्षजीहरु पनि कांग्रेस प्रवेश गर्ने भन्ने थियो । तर उहाँहरु हामीसँग आउँदा केही कानुनी जटिलता देखियो,’’ उनले टेलिफोनमा भने, ‘‘नयाँ शक्तिका झण्डै ९५ प्रतिशत नेता–कार्यकर्ताहरु कांग्रेस प्रवेश गर्नुभएको छ । कानुनी जटिलताका कारण आउन नसके पनि उहाँहरुको साथ–समर्थन कांग्रेसलाई नै हुन्छ ।’’  बाह्रखरी बाट 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution