तामाङ कथानक चलचित्र ङ्हो (भाग्य) को प्रेस मिट

काठमाडौं। तामाङ चलचित्रनिर्माणको भीडमा एउटा इट्टा थपिएको छ । तामाङ भाषा,कला, संस्कृतिजगेर्ना गर्नुकासाथै पुस्तान्तरणको लागि निर्मित तामाङ कथानक चलचित्र ङ्हो (भाग्य)यसका पछिल्ला उदाहरण हुन् । शुक्रबार सैलुङ अनलाइनको सभाहलमा पत्रकार सम्मेलन मार्फत निर्माण पक्षले उक्त चलचित्रको बारेमा जानकारी दिए । ङ्होमा समुदायमा रहेका थर मध्ये स्वाँगेभाई सहअस्तित्व र कुटुम्ब साइनो बीच अज्ञानता र दुविधाले पारिएको समस्यालाई चलचित्रमा उजागर गर्न खोजिएको निर्देशक भुवन स्याङ्बो तामाङ बताए । उनले भने–ग्लोवलाइजेसन (विश्वव्यापीकरण) को प्रभावले सहअस्तित्वहरु मेटाउन खोजिएको छ । यसैले चलचित्रले पक्कै पनि त्यसको शिक्षा दिन खोजिएको छ ।
सम्मेलनमा प्रमुख अतिथि बरिष्ठ अभिनेता जयनन्द लामाले चलचित्र मार्फत आफ्नो मौलिकता प्रस्तुतगर्न पछिल्लो पुस्ता लागि परेकोमा गौरवान्तित ठाने । उनले थपे, प्रविधि र समय विकाससँगै चलचित्र बनोट विकास भएपनि सामाजिक चित्रण समेट्न सकिनुपर्छ । तत्कालीन समयमा सेमरी छोरङान (मनको जागरण) निर्माण गरेर प्रारम्भविन्दु भएकोमा खुशीव्यक्त गरे ।
तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले हामी हलहरुमा जान सक्नुपर्छ, त्यसको आधार तय गर्नु जरुरी रहेको औंल्याए ।फापरे फिल्मस ्प्रालिको तेस्रो प्रस्तुतिमा बनेको चलचित्रको निर्माता सुनिमाया तामाङ रहेका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने भाषालाई चलचित्रमा प्रयोग गरिएका नायक किसमान तामाङले बताए ।उनले थपे–आंशिक रुपमा नेपालीभाषा पनिप्रयोग भएको छ भने सवटाइटल अंग्रेजीमा रहेको छ ।
सम्मेलनमा उक्तच लचित्रको कादे ज्याबाह्याङ्लामाया…. बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा भने पूर्वपश्चिमको मध्यम भाषा प्रयोग गरेर सम्पूर्ण तामाङ समुदायमा समेट्न खोजिएको छ । यसमा फुलकुमार बम्जनको शब्द, टिक बम्जनको संगीत र स्वर माजितु लोप्चनको पनि साथ रहेको छ । एरेञ्ज पवन वाङ लामाले गरेका हुन् ।
चलचित्र धादिङको गंगाजमुना गाउँपालिका, लताव, धुसेनी,तावल, काठमाडौंका केही भाग र सिन्धुपाल्चोकको गुफाडाँडा लगायतका सुन्दर स्थानमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको कुललागत करिब २० लाख रहेको पनि निर्माण पक्षले बताए ।
२०७६ को नयाँवर्ष संघारमा राष्ट्रिय सभागृहमा बैशाख७गतेच्यारिटी शो गरिने जानकारी दिए । शनिबार विशेषशो गरिनेछ ।
ङ्होमा आरम्भ तामाङ, किसमान तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमी तामाङ र बालकलाकार तेञ्जिङ सोनामले अभिनय गरेका छन् । नरमान (रविन) तामाङको पटकथा, राहुल राई र सुर्य लामाछायांकन र राजु तामाङद्धन्द्ध निर्देशन गरेका छन् । द पिक स्टुडियोले पाश्र्व संगीत गरेका छन् भने गीत माटिका बम्जन, सागर एस वाइबा, आरम्भ तामाङ, जितु लोप्चनको स्वर रहेका छन् ।टिका बम्जनर सागरएस वाइबाको संगीतमा पवनवाङ लामाले एरेञ्ज गरेका छन् । विष्णु खड्का, सुर्य लामा सम्पादनमा निर्मित चलचित्रको कलरिङ भिएफएक्स विकास ज्ञवाली रहेका छन् ।
राजधानि ग्याम्से