अस्ट्रेलियामा बिचल्ली परेका विधार्थीहरुको सहयोगी बन्दै हामी नेपाली ग्लोबल संस्था

काठमाडौं – विभिन्न तह र विषय अध्ययन गर्न ३५ हजार नेपाली अस्ट्रेलिया पुगेका छन् ।
सिड्नी र ब्रिस्बनमा सञ्चालित अस्ट्रेलियन इन्स्टिचुट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) मा करिब ३८ हजार विद्यार्थी अध्ययनर छन् । सो कलेजमा पढ्न नेपालबाट मात्रै एक वर्षयता साढे चार हजार विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट लिएका छन् ।
एआइबिटीमा बिजनेस, हस्पिटालिटी, टेक साइन्स,आइटी, एभिएसन, हेल्थ साइन्स, डेन्टल साइन्स र कम्युनिटी सर्भिस बिषयमा कार्यक्रम सञ्चालित छन् ।
सो कलेजमा करिब १२ सय नेपाली विद्यार्थी नर्सिङ पढिरहेका छन् । तर, कलेजले नर्सिङ कार्यक्रम सञ्चालन गर्न अस्ट्रेलियन नर्सिङ काउन्सिलबाट अनुमति लिएको थिएन ।
कलेजले नै मान्यता नपाएको हुनाले डेढ–दुई वर्ष पढिसकेको विद्यार्थीको पढाइले मान्यता नपाउने स्थिति छ । यति धेरै विद्यार्थी एकैपटक यति ठूलो संकटमा परेपछि हामी नेपाली ग्लोबल संस्थाले अष्ट्रेलियास्थित नेपाली दुतावास र विभिन्न निकाय सँग निकासको बाटो बारेमा छलफल चलाउन लागेको हामी नेपाली ग्लोबलको एम्बेसडर महेश भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार संस्था र आफ्नो पहलमा बिचल्लीमा परेका विधार्थीहरुलाई निरन्तर रुपमा परामर्श दिनुका साथै आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बारे विधार्थीहरुलाई विभिन्न माध्यमबाट सान्तवना दिने काम भईरहेको बताएका छन् । भण्डारीले नेपाली विधार्थीहरुले कुनै अध्ययन अनुसन्धान नगरी कसैको बहकाउमा अष्ट्रेलिया हाम फाल्ने प्रवृती भएकोमा दुख व्यक्त गरे ।उनले सम्बन्धीत कलेजको बारेमा राम्रो जानकारी लिएर रजिष्टेड छ वा छैन भन्नेबारे पूर्ण जानकारी लिएर मात्र भिषा अप्लाई गर्न आग्रह गरे । धेरै नेपाली विधार्थीले अष्ट्रेलिया छिरेपछि सबै हुन्छ भन्ने मानसिकता त्यागेर ,विश्वविद्यालयलाई पुग्ने मापदण्ड पुरा गरेर मात्र आउन आग्रह गरे ।
भण्डारीले भने ‘कलेजले बदमासी गरेको छ ,त्यसको कारवार्हीको कार्य अष्ट्रेलीयन सरकारले गर्ला तर हामी हाम्रा बिचल्ली परेका नेपाली विधार्थीहरुलाई कसरी व्यवस्थापन गराउन सकिन्छ भन्ने बारे ,कलेज,नेपाली दुतावास र सम्बन्धीत निकाय समक्ष छलफल गरेर अगाडी बढ्ने कार्यमा जुटिरहेका छौं तर यहाँको सरकारले खारेज गरेको कलेजलाई पुन: मान्यता दिने सम्भावना भने न्यून रहेको देखिन्छ तर पनि हामीहरु ति नर्सिङ पढेका बिधार्थीहरुलाई मान्यता दिन सक्ने केही सम्भावित आधार त प्रस्तुत गर्छौ तर सम्भावना भने न्यून छ ।अन्य बिकल्प के के भन्ने बारेमा समेत छलफहरु तथा परामर्शमा जुटिरेका छौं ।
भण्डारीका अनुसार हामी नेपाली ग्लोबल संस्थाले यस्तै यावत समस्यामा परेकाहरुलाई मलम लगाउन आफुहरुबाट हुने र सक्ने सहयोग निरन्तर जारी रहने बताए ।
आशिष तामाङ / नेपाल सन्सार