हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

ट्रम्पलाई भेट्न किम रेल चढेर भियतनाम सम्म जालान् त ?

उत्तर कोरियाका नेता जिम जङ-अन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुन लागेको शिखरवार्तामा भाग लिन रेल चढेर छिट्टै भियतनाम जाने योजनामा भएको भन्दै विवरणहरू सञ्चारमाध्यममा आएका छन्।

प्योङ्याङबाट यदि उनी त्यसरी हनोई गए भने सो यात्रा कम्तीमा तीन हजार किलोमिटर लामो हुनेछ र त्यसका लागि कम्तीमा दुई दिन लाग्नेछ।

तर किमको यात्रासम्बन्धी योजनाहरू प्रायः अतिगोप्य हुने गर्छन्।

ट्रम्प र किमबीच सिङ्गापुरमा भएको अघिल्लो शिखरवार्ताको योजना पनि यसरी नै रहस्यको गर्भमा राखिएको थियो। हवाईमार्गबाट जाने स्पष्ट भए पनि अन्तिम समयसम्म उनी कुन विमानमा सिङ्गापुरमा अवतरण गर्छन् भन्ने जानकारी दिइएको थिएन।

हनोई आइनपुगेसम्म उनले कुन मार्ग वा माध्यम प्रयोग गर्छन् हामीलाई थाहा नपाउन सक्छौँ।तर उनको यात्रा कस्तो होला त?

किमले कुन मार्ग रोज्लान्? 

सूत्रहरूलाई उद्धृत गर्दै जापानी र दक्षिण कोरियाली सञ्चारमाध्यमले किम आफ्नो निजी रेल चढेर प्योङ्याङबाट सीमावर्ती डान्डोङ हुँदै चीन प्रवेश गर्ने र त्यहाँबाट रेलमार्ग हुँदै भियतनाम जाने सम्भावना रहेको पहिला जनाएका थिए।
पछि समाचारसंस्था रोएटर्सलाई सूत्रहरूले किम भियतनामी सीमामा रहेको दोङ दाङ स्टेशनमा ओर्लिएर आफैँ गाडी हाँकेर १७० किलोमिटर पर रहेको हनोई जाने बताए।

एनके न्यूजले भने किम सीधै रेलबाट हनोई जाने र उनको रेलयात्राको दूरी ४,१५३ किलोमिटर हुने अनुमान गरेको थियो।

रेलयात्रासम्बन्धी वेब्साइट चलाउने मार्क स्मिथ भन्छन्, “[यदि किम हनोई जाने रेल चढे भने] उनी सम्भवतः गिया लाम स्टेशनमा रोकिन्छन्।”

उनका अनुसार किमको निजी रेल कुद्न उपयुक्त पटरी त्यो स्टेशनमा छ।

यात्रा कति लामो हुन्छ?

रोएटर्सका अनुसार किमलाई हनोई पुग्न साढे दुई दिन लाग्न सक्छ।उनी सोमवार भियतनाम पुग्ने अपेक्षा गरिएको छ। त्यसका लागि उनले बेलैमा आफ्नो यात्रा थाल्नुपर्छ।सोझै रेलबाट वा दोङ दाङमा ओर्लिई कार चढेर हनोई जाँदा यात्राको समय फरक पर्न सक्छ।

पूरै यात्रा रेलबाट गरे झन्डै तीन रात लाग्ने स्मिथको भनाइ छ।उनी भन्छन्, “प्योङ्याङबाट बेइजिङ पुग्न २४ घण्टाभन्दा कम र बेइजिङबाट हनोई पुग्न दुई दिनजति लाग्छ। उनको रेलको गति १६० किलोमिटर प्रतिघण्टाभन्दा बढी हुने सम्भावना छैन।”

किम किन रेलबाट जालान्?

किमले त्यति लामो यात्रा किन रेलबाट गर्न खोज्लान् भन्ने स्पष्ट छैन।

उनका बुवा किम जङ-इल र हजुरबुवा किम इल-सङलाई विमानमा उड्दा डर लाग्ने गरेको बताइन्छ। उनीहरू हवाईयात्रा गर्दैनथे।
गत जुन महिनामा ट्रम्पसँग वार्ता गर्न किम एअर चाइनाको विमान चढेर सिङ्गापुर गएका थिए। उनलाई आफ्ना पूर्वजको जस्तो समस्या नभएको देखिन्छ।

तर विमानबाट भन्दा रेलबाट यात्रा गर्दा धेरै सजिलो हुने स्मिथको बुझाइ छ।उनी भन्छन्, “किमको रेलमा कार्यकक्ष, विश्रामकक्ष र शयनकक्ष भएको हुने सम्भावना छ।”

रेलमा उनलाई यताउता गर्न पर्याप्त ठाउँ हुन्छ र धेरै काम गराउन सक्छन् एवम् आरामपूर्वक [गन्तव्यमा] पुग्न सक्छन्।”

शिखरवार्ता किन भियतनाममा?

वार्ताका लागि भियतनाम धेरै कारणले उपयुक्त स्थान हो।भियतनामको अमेरिका र उत्तर कोरिया दुवैसँग कूटनीतिक सम्बन्ध छ।

पहिला अमेरिका र भियतनामको शत्रुवत् सम्बन्ध थियो। तर पुरानो तिक्ततालाई त्यागेर सँगै मिलेर काम गर्न सकिन्छ भन्ने उचाहरण अमेरिकाले भियतनामसँगको वर्तमान सम्बन्धबाट दिने गरेको छ।

भियतनाम र उत्तर कोरिया कम्युनिस्ट शासन भएका देश हुन्। तर भियतनाममा तीव्र गतिमा विकास भएको छ र उसलाई एशियामा चाँडै उँभो लागिरहेको एउटा अर्थतन्त्रका रूपमा लिइन्छ। बिबिसी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution