हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

आधारभूत तहमा मातृभाषा अनिवार्य हुनुपर्ने : मन्त्री अधिकारी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आधारभूत तहमा मातृभाषाको पढाइ अनिवार्य हुनुपर्ने बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन (युनेस्को) काठमाडौँद्वारा मातृभाषा दिवस–२०१९ का अवसरमा आज आयोजित मातृभाषा र साहित्य विचार गोष्ठीमा मन्त्री अधिकारीले सामुदायिक तथा संस्थागत विद्यालयमा मातृभाषाको पढाइलाई अनिवार्यरुपमा लागू गर्न जोड दिए ।

उनले भने, ‘मातृभाषामा शिक्षा भन्ने भनाइलाई प्रभावकारी बनाउनुपर्छ । भाषा आफैँमा एउटा नियम हो । जब ती कुरामा राम्रो ज्ञान भयो भने अरु भाषा सिक्न सजिलो हुन्छ । व्याहारिकरुपमा भाषाको ज्ञान हुनु जरुरी छ । जुन भाषा बोलीमा मात्र सीमित हुन्छ । त्यो भाषा सधैं टिकाउ हुन सक्दैन । यसका लागि लिपिको विकास गर्नुपर्छ ।’

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले मातृ भाषाको जग बलियो भएमात्र अन्य भाषा बलियो हुने बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जातीय पहिचान मातृभाषाका माध्यमबाट हुनुपर्छ भने ।

सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले व्यक्तिले जन्म लिँदा आमाको काखमा सिक्ने भाषा नै मातृभाषा भएको बताउनुभयो । उहाँका अनुसार कुनै पनि व्यक्तिलाई आफ्नो, घर, परिवार र समुदाय प्यारो लागे जस्तै हरेक व्यक्तिलाई मातृभाषाको महत्व हुन्छ ।

प्राज्ञ डा. योगेन्द्रप्रसाद यादवले नेपालमा चार प्रतिशत मानिसले मात्र मातृभाषाको प्रयोग गरेको बताउँदै नेपालका धेरै मातृभाषा लोप हुन लागेकाले यसबारे अभिमुखीकरण गर्नुपर्ने तथा घर र विद्यालयमा एकै भाषा प्रयोग हुनुपर्ने बताए ।

नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्स्ले घरको भाषा र विद्यालयको भाषा एउटै भए बालबालिकालाई सिक्न सजिलो हुने बताए । युनेस्को काठमाडौँका प्रमुख क्रिष्टियन म्यान हार्टले मातृभाषाकै जगबाट शिक्षाको प्रारम्भ हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा विद्वान तथा विदुषीबाट कार्यपत्र प्रस्तुत भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै डा कान्छी महर्जनले मातृभाषामा गीत, गजल, कथा, कविता, उपन्यास, निबन्ध, नाटक, समालोचना, खण्डकाव्यलगायत साहित्यिक विधामा महिलाको उपस्थिति हुनुपर्ने बताए ।

त्यस्तै मातृभाषा शिक्षाः अबको बाटो कार्यपत्र प्रस्तुत गर्दै अमृत योञ्जन तामाङले सङ्घ, प्रदेश, पालिका तथा वडा तहमा समेत मातृभाषाको शिक्षा परिचालनका लागि र बालबालिकालाई शिक्षामा गुणात्मक शिक्षा प्रदान गर्नका लागि स्थानीय तहमा नै मातृभाषी समुदायलाई मातृभाषाप्रति सचेत गराउनुपर्नेमा जोड दिए । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution