शेर्पा संघ इजरायलको लोसार कार्यक्रम शुक्रबार हुने

तेलअविव- शेर्पा संघ इजरायलको आयोजकत्वमा बौद्द धर्मावलम्वीहरुको महान राष्ट्रीय चाड २१४६ औं सा मो फाग-ल्हो ( सुंगुर बर्ग ) ग्याल्पो लोसार साँझ कार्यक्रम लोसार प्रेमी दाजुभाई तथा दिदि बहिनीहरुको छुट्टीलाई मध्यनजर मार्च १५ तारीख शुक्रबारको दिनमा तेलअविव नजिकै रहेको (EVE) ईभ पार्टी प्यालेसमा भव्यताका साथ मनाउने भएको छ|
यस अघि मार्च १६ तारिख (शनिबार)लोसार साँझ कार्यक्रम गर्ने भनेकोमा हाल एकदिन अघि सारेर शुक्रवार लोसार साँझ कार्यक्रम गर्न लागेको शेर्पा संघ इजरायलका महासचिव मिङमार शेर्पाले जानकारी दिनुभएको छ |
इजरायलवासी सम्पुर्ण शेर्पा दाजुभाइ दिदिबहिनी तथा सम्पुर्ण इजरायलमा कार्यरत नेपालीहरुमा उपस्थितीको लागि हार्दिक आमन्त्रण गरेको छ |