उभिएर पानी पिउने गर्नुभएको छ ? तुरुन्तै छोड्नुस् !

काठमाडौं— उभिएको बेलामा पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ । अझ कोही त उभिएर सासै रोकेर पानी पिउँछन् । यो कहिल्यै गर्नु हुँदैन ।
स्वास्थ्यविज्ञहरूका अनुसार बसेर सानो-सानो चुस्की लिँदै पानी पिउनु उपयुक्त हुन्छ ।
तपाईंले उभिएर पानी पिउँदा यो सिधै पेटमा ओइरिन्छ र आन्द्राको भित्तामा ठोक्किन पुग्छ । यसरी ठोक्किँदा पेटको भित्ता, वरिपरिका अंग र पाचननलीमा हानि पुग्न सक्छ । लामो समयसम्म यसो गर्दा पाचनप्रणाली नै बिग्रन पुग्छ ।