हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

विचित्रका नेपाली महिलाहरु

-सबिना खनाल

नेपाली समाजमा महिलासँग सम्बन्धित कुरा उठाउँदा पुरुष प्रधान समाजको कुरा सहजै आउँछ। पुरूष प्रधान समाजको कुरा यति उठ्छ कि, यो एउटा फितलो थेगो जस्तै भइदियो। तर, कुरोको चुरो यसैमा छ। जगलाई छोडेर घरको कुरा गर्न नमिले जस्तै। कसरि पुरुष मुख्य र महिला सहायक भन्ने मात्र होइन। पुरुषको अस्तित्वले घनिभूत हाम्रो समाजमा महिलाको पहिचान, मूल्य र मान्यताहरु एकदम धिमा, असरल्ल र निकै दबिएका छन्।

सबिना खनाल

नेपालमा महिला हक र अस्थित्वबारे बहस हुन थालेको धेरै भएको छैन। केही पठितहरुलाई लाग्छ नेपालमा महिला सम्बन्धि धेरै सुधारहरू भए। कानुनहरू परिमार्जन भए, शिक्षामा उनीहरुको पहुँच बढ्यो, सरकारी जागिरमा कोटा छ, केही उच्च स्थानमा महिला छन्। अनि महिला मामिला हेर्ने मन्त्रालय छ।

समय समयमा सहरहरूमा महिला गोष्ठी, कार्यक्रमहरु हुन्छन्। अझ अधिकार धेरै भएर सहरिया महिलाहरुले त मर्यादाको सीमा नाघेको पनि पढ्न र सुन्न पाइन्छ।

जस्तै उनीहरु भान्सामा खट्न छाडेर तीजमा पार्टी प्यालेसमा भोज गर्छन् त्यो पनि महिना भर।

आजभोलि सहरका महिलाहरू डिस्को जान्छन्, धुम्रपान र मध्यपान गर्छन्। पहिरन छोटो छ आदि, आदि।

यसरी आधुनिक महिलाहरूमा अहिले धेरै खोट देखियो किन कि, उनीहरु परम्परागत रहेनन्।

उनीहरु हाम्रो समाजले बुझेको र जानेको भन्दा पृथक भए। उनीहरु एक्लै जागिर खान हिँड्छन्। आफ्नो जीवन साथी आफै रोज्न चाहन्छन्। पहिरनमा र खाने कुरामा आफ्नो इच्छा जाहेर गर्छन्।

साथीहरूमाझ उन्मुक्त हाँस्छन्, ठूलो श्वरमा बोल्छन्, आफूलाई मन नपरेको र अनन्य भएको कुरा शब्दमा ब्यक्त गर्छन्। हाम्रो समाजका आदर्श नारीहरु यस्ता थिएनन्। उनीहरू धेरै लजालु हुन्थे। उनीहरूमा धेरै डर थियो। त्यसैले ठूला वडाका सामू टाउको निहुराएर बस्थे, बोल्थे। आज्ञाकारी थिए। नम्र थिए। घरमा दिएको खान्थे, दिएको लाउथे अनि चुलो चौको राम्रोसँग गर्थे। काम गरिरहन्थे। कहिले नथाक्ने।

घरमा पाहुनाले र छोरा मान्छेले खाएपछि मात्र उनीहरू खान्थे। उनीहरूका लागि खाना तुल्याउनेदेखि लिएर सुत्ने ठाउँको ब्यवस्ता गरेर, जुठो भाँडो गरेर मात्र उनीहरू आराम गर्थे। जो आफूलाई जति दुखः भए पनि ब्यक्त नगरी बस्थे उनीहरू कुशल र शुशील हुन्थे। छोरीहरुलाई कम बोल्ने र सहनशील हुन प्रेरित गरिन्थ्यो। छोरी बुहारीहरू कम बोल्थे र अथक रुपमा काममा लागि रहन्थे।

यसरी उनीहरू वास्तवमा सेवा प्रदान गर्ने बस्तुहरु थिए जसको मूल्य न्यून थियो। उनीहरु पुरूष सरह आराम गर्नुपर्ने, रमाइलो गर्नुपर्ने, नशामा रमाउनुपर्ने, अनेक उट्पट्याङ गर्ने मनुष्य थिएनन्। पशुभन्दा माथि तर पुरुषको भोग, सेवा र शानका बस्तु थिए।

अहिले बिस्तारै हाम्रा समाजका केही महिलाहरू सेवा प्रदान गर्ने बस्तु वा अमुक खेलौनाबाट ‘चल्ता फिर्ता` मनुष्य बन्न जाग्दैछन्।

त्यसैले पुरुष प्रधान हाम्रो समाजले यीनीहरुमा बिचित्रको व्यवहार र खोट देखन थालेको छ।

समकालीन सहरिया महिलामा देखिएको यो परिवर्तन पुरूषप्रधान समाजको परिकल्पनाभन्दा बाहिरको छ। त्यसैले यीनिहरु अनौठा प्राणी जस्ता लाग्छन्।

महिलामा आएको यो परिवर्तन उनहरुको उकासिएको चेतनाको स्तर हो। उनीहरुमा पुरुषहरु जस्तै स्वतन्त्र मानव हुनखोज्ने चाहना हो। तर, यो चेतना सहरका केही महिलामा मात्र सिमित छ।

गाउँघरका महिलाहरु त अझै पुरुष प्रधान सोंच, मान्यता, परम्परा र संस्कृतिले थिचिएरै बसेका छन्। छाउपडी एउटा उदाहरण मात्र हो।

तर, हाम्रो पुरुषप्रधान चस्मालाई फुकालेर हेर्ने हो भने यीनिहरु केवल मानव बन्ने प्रयत्नमा छन् जो सदियौंदेखि थोपरिएको बोझबाट मुक्ति चाहन्छन्।

अबको सभ्यता भनेको पुरुष प्रधान वा नारी प्रधान होइन। केवल मानव मात्रको समाज निर्माण रहनु वान्छनीय हुनेछ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution