मलेसियाको जोहर बारुमा नेपाल प्रबासी तामाङ युवा मञ्च गठन

मलेसिया । मलेसियाको जोहर बारुमा नेपाल प्रबासी तामाङ युवा मञ्च गठन भएको छ । नेपालमा रहेका तामाङ जातिको कला, संस्कृति, भाषा, धर्म, भेषभुषा, रहनसहन, साथै गुम्बा म्हने छ्योर्तेन पुनर्निर्माण कार्यमा आर्थिक सहयोग जुटाउने र स्वास्थ,अनाथ बालबालिका र शिक्षा क्षेत्रमा टेबा पुर्याउनु लगायत विभिन्न क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले प्रकाश वाइबा तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
त्यसैगरी निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सबिन लामा,उपाध्यक्ष संगीता लामा, महासचिव दिनेश थिङ्ग तामाङ, सचीव बिराज तामाङ, सहसचिव गौरी तामाङ, कोषाध्यक्ष बिनोद स्याङतान, सहकोषाध्यक्ष मनिषा स्याङतान, कार्यसमितिका सदस्यहरुमा वाङ्जेन लामा, मेघा पाखृन, रमेश थिङ्ग, बिमली तामाङ, सिङगम स्याङतान, बिकास तामाङ, बुद्धि स्याङतान, राजकुमार वाइबा, राजकुमार थिङ्ग, सन्तोष बोम्जन, दावा योन्जन, बिमल वाइबा, सन्चा तामाङ, अस्मिता तामाङ रहेका छन ।
डिसि नेपाल संगको कुराकानीमा संस्थाका महासचिव दिनेश थिङ तामाङले संस्थाको मुख्य उदेश्य तामाङ समुदायको भाषा, धर्म, संस्कृति जगेर्ना गर्न र रोजगारीको शिलसिलामा मलेसियामा समस्या परेका नेपालीको उद्धार र सहयोग गर्ने रहेको जानकारी गराए।
त्यस्त मञ्चले तत्काल गुम्बा निर्माण र अनाथ बालबालिकाको लागि नेपाले मकवानपुर घडी ३ वर भञ्ज्याङमा अवस्थित सृजनसिल बौद्ध अनाथ प्राथामिक बिद्यालयलाई १४,३७४ रुपैयाँ र हेटौंडा नगरपालिका १७ नेवारपानीमा नवनिर्मित टशी देछेन छ्योइ लिङ गुम्बा निर्माणको लागि २०,००७ रुपैयाँ विभिन्न दानबिर मनहरु र यसै संस्थाको सदस्यहरुबाट सहयोग संकलन गरि सोहि गुम्बाको प्रमुख लामा गुरु सोइनाम दोर्जे लामा र पाल्साङ बज्र लामालाई उपलब्ध गराएको उनले जानकारी गराए।