हेडलाईन

रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

नेपाल तामाङ घेदुङको ६३ औं स्थापना दिवस सम्पन्न

फागुन ७ काठमाडौ । नेपाल तामाङ घेदुङको ६३ औं स्थापना दिवस सम्पन्न भएको छ। घेदुङ सभाकक्षमा भएको कार्यक्रममा घेदुङको पुर्ब अध्यक्ष ज्यु हरु क्रमश पर्शुराम तामाङ , महेन्द्रजंग तामाङ , धन प्रसाद तामाङ र कुमार योन्जन तामाङलाई नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिले सम्मान गरेको छ।

कार्यक्रममा ड्वा ल्हो सोनाम ल्होछार २८५५ तामाङ सास्कृतिक महोत्सवमा ज्यापू महागुथी , नेपाल र लिम्बु सास्कृतिक परिषद ,काठमाडौलाई ल्होछार मुल समारोहको तर्फबाट कदर-पत्र प्रदान गरेको छ। यस्तै गरि ल्होछार समारोहका प्रमुख अतिथि , अतिथिहरुलाइ तामाङ गोइलो , तागी सहयोग गर्नुहुने गोइलो सप्लायर्सका प्रोप्राइटर चन्द्रमाया बोम्जन ,रक्तदान कार्यक्रम संचालन गरेका नाङसाल क्लब , नेपाल , स्वास्थ सिबिर संचालन गरेका ममता केन्द्र ,भक्तपुर तामाङ जातिका विविध भाषा साहित्यका प्रकाशन प्रदर्शन गर्ने तामाङ डाजाङ , काठमाडौ , थेवा बुक्स एन्ड स्टेसनरी , बालाजु र याम्बुरी बुक प्वाइन्ट , अनामनगर , मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने तामाङ चलचित्र संघ र नेपाल तामाङ युवा घेदुङ , प्रमुख अतिथि अतिथि ज्युहरुलाइ तामाङ खाजा उपलब्ध गराउने तथा तामाङ खाजा प्रदर्सन गरि महोत्सवलाई तामाङ पहिचान चिनाउने तामाङ कुदाप , स्वयम्भूलाई कदर – पत्र प्रदान गरेको छ ।

यसै गरि नेपाल तामाङ घेदुङलाई तामसालिङ जागरण अभियानको लागि सहयोग गर्ने नेपाल तामाङ घेदुङ , इजरायल र नेपाल तामाङ घेदुङको निमित्त ल्होछार महोत्सव सम्पन्न गर्न सहयोग गर्ने नेपाल तामाङ घेदुङ , साइप्रस , नेपाल तामाङ घेदुङ , कुवेत , नेपाल तामाङ घेदुङ , कतार , हङकङ तामाङ घेदुङ , हङकङ , तामाङ समाज युएई , मकाउ तामाङ घेदुङ , मकाउ र नेपाल तामाङ घेदुङका संघीय सदस्य राम लाम हाल कुवेत र घेदुङको ६३ औं स्थापना कार्यक्रमलाई सहयोग गर्नु हुने घेदुङक संघीय सदस्य लक्ष्मी योन्जनलाई घेदुङले कदर – पत्र प्रदान गरिएको थियोे । कार्यक्रमलाई नेवा : देयदबुका अध्यक्ष नरेश ताम्राकार , पुर्ब माननीय तथा घेदुङको सल्लाहकार दावा तामाङले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।  सम्मानित पुर्ब अध्यक्ष ज्युहरुले आ आफ्नो कार्यकालको स्मरण गराउदै घेदुङलाइ सुझावका साथै निरन्तर सहयोग रहने बिचार व्यक्त गर्नु भएको छ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution