बहुप्रतिभाका धनि ‘ बिजय तामाङ धड्कन “

तामाङअनलाइन – साहित्यकार ,गजलकार,कबिकार,गितकार अनि संगीतकार हुँदै कलाकार बन्नु भएका चर्चित लेखक,निर्देशक ,गायक ,मोडल,खलनायक अनि कलाकार ” हुन् बिजय तामाङ ” धड्कन |
साहित्य क्षेत्र अनि फिल्मी क्षेत्रमा आफुलाई अब्बल बनाई सक्नु भएका कलाकार तामाङले आफ्ना एक दशक समय यो क्षेत्रलाई दिई सक्नु भएको छ । सधैं पर्दा पछाडी नै रमाउने यी तामाङ कलाकार तब मात्रै पर्दामा आए जब उनका गित,गजल,पुस्तकहरु एकताका बजारमा चर्चित भएर पनि ओझेल परिसकेको थियो ।
०६७ सालमा गजल प्रतियोगितामा प्रथम भए पछि बजारमा उनको निकै माग बढेको थियो ।निकै राम्रा शब्द छनोट गर्ने यी तामाङ कलाकार अहिले पनि साहित्य अनि फिल्मी कला क्षेत्रलाई एक साथ अघि बढाई रहेका छन् ।
केही समय अघि मात्रै तामाङ कै शब्द सिर्जना अनि अभिनय रहेको एल्बम ” तिम्रो मायालु ” बजारमा आएको छ । तामाङकै शब्द सिर्जना र अभिनय रहेको ” भाग्यमानी ” ” बुद्ध चित्त माला” “शुभ यात्रा” अनि ” तिम्रो मायालु ” जस्ता एल्बम हरु बजारमा आइसकेका छन् ।
त्यसै गरि श्री राज इन्टरटेन्टमेन को प्रस्तुतिमा हरेक हप्ता प्रशारण हुने कार्यक्रम ” दोहोरी धमाका ” पनि तामाङ आफै सन्चालन गरिरहेका छन् । साथै उहाँकै चर्चित उपन्यास ” आत्मा हत्या ” छिट्टै नै चलचित्रका रूपमा पर्दामा आउदैछ सो चलचित्रमा तामाङ आफै खलनायक रहेका छन् ।
विजय तामाङको शव्द रचनामा नेपाली तामाङ सेलो पप गीत (भिडियो)