इजरायलमा राजदुत शाक्यलाई भव्य स्वागतको तयारी हुँदै

तेलअविव – प्रवासी नेपाली एकता मन्च इजरायलले नवनियुक्त नेपाली राजदुत डा. अन्जान शाक्यलाई तेल अविवमा भव्य स्वागत गरिने भएको छ ।
आउदो मार्च १५ तारिख इजरायलस्थित नेपालीहरुले स्वागत अभिनन्दनसहित अन्तरक्रिया गर्ने मन्चले जानकारी दिएको छ।
इजरालयस्थित सम्पूर्ण नेपालीलाई आ–आफ्नो समस्या तथा गुनासो राख्ने कार्यक्रम समेत भएकाले विभिन्न संघसंस्था, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकार, युवाहरुलाई कार्यक्रममा सहभागिता हुन अनुरोध समेत गरेका छन् ।
सम्पर्क
संयोजक : तिर्थ गौतम 0524283877
सचिव : अनिरुद्र जोशी सुवेदी 0587224900